Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै काभ्रेका युवा – Gaule Khabar

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै काभ्रेका युवा

दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै काभ्रेका  युवा

काभ्रे,माघ १६ –

बालुवापाटी गाविस– ९ का ३८ वर्षीय उद्धव ढकाल करिव दुई दशक अघिदेखि दूध सङ्कलन गरी बिक्री वितरण गर्दै आइरहनुभएको छ । अन्य पेसाका दाजोमा दूधको व्यापार निकै नै राम्रो भएकाले सन्तुष्ट हुनाका साथै आफूलाई रोजगार पनि मिलेको उहाँ बताउनुहुन्छ ।

“दूध सङ्कलन केन्द्र सञ्चालन गरेको निकै वर्ष बितिसक्दा मैले दूधका विषयमा धेरै जानकारी पाएको छु ”। ढकालले भन्नुहुन्छ । दैनिक झन्डै ३०० लिटर दूध सङ्कलन गर्दै आइरहनुभएको उहाँले आफ्नो प्रमुख पेसा नै दूध सङ्कलन भएको र यसबाटै रामै्र अर्थोपार्जन समेत भएको उहाँ बताउनुहुन्छ । बालुवापाटी गाविसका– १, २ र ९ नं वडाको दूध सङ्कलन गर्दै आउनुभएका ढकालले यो पेसाबाट मासिक रु ५० हजारसम्म आम्दानी हुने गरेको राससलाई बताउनुभयो ।

बालुवापाटी गाविसकै अर्का व्यापारी बद्री ढकालले पनि भारतमा दुःख पाएर फर्किसकेपछि मात्र नेपालमा नै केही गर्न सकिन्छ भन्ने ठानेर दूध सङ्कलन केन्द्र स्थापना गर्नुभएको होे । दूध व्यापार सुरु गरिसकेपछि नेपालमा नै राम्रोसँग मिहेनत गरे प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने धारणा आफूमा भएको उहाँले बताउनुभयो । ‘नेपालमा आएको केही समयपछि नै दूध व्यवसाय सञ्चालन गरेको हुँ र यहाँ कम मेहनतमा मनग्य आम्दानी गर्न सकेको छु ।’ उहाँले भन्नुभयो ।

बालुवापाटी गाविसका सिमानामा पर्ने नयाँगाउँ गाविस र गैरबिसौना गाविसका सिमाना र बालुवापाटी गाविस गरी दैनिक रुपमा यहाँ ६ हजार ५०० लिटर दूध दैनिक रुपमा सङ्कलन हुने गरेको छ । जसमध्ये नगरकोटमा भएका विभिन्न होटल र दुईवटा निजी क्षेत्रबाट सञ्चालित दूध चिस्यान केन्द्रमा एक हजार ५०० लिटर दूध खपत हुने गर्दछ भने बाँकी पाँच हजार लिटर दूध भक्तपुर हुँदै काठमाडाँैंसम्म पुग्ने गर्दछ ।

यो वर्ष मात्रै काभ्रे जिल्लालाई दूधमा आत्मनिर्भर जिल्लाका रुपमा घोषणा समेत गरिसकिएको छ । यस जिल्लाका प्रायः सम्पूर्ण मानिस पशुपालन गरी दूध बिक्री गर्दै आइरहेका छन् । पर्याप्त चरन क्षेत्र पशुका लागि आवश्यक कच्चा पदार्थ सहजै उपलब्ध हुने भएकाले प्राय जिल्लाका सबै घर परिवार दूध व्यवसायमा आत्मनिर्भर भएका हुन् ।

बालुवापाटी गाविसमा मात्रै ४० व्यापारीले दूध व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।
काभ्रे जिल्लालाई दूधमा जस्तै मासुलगायत अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउने योजना रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएकोे छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका