Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा कोशीबाट अर्को अर्ना पनि ल्याइयो , ५ भाले सहित २० वटा अर्ना ल्याउने योजना – Gaule Khabar

चितवनमा कोशीबाट अर्को अर्ना पनि ल्याइयो , ५ भाले सहित २० वटा अर्ना ल्याउने योजना

चितवनमा कोशीबाट अर्को अर्ना पनि ल्याइयो , ५ भाले सहित २० वटा अर्ना ल्याउने योजना

चितवन,माघ १५ –

कोशीटप्पु वन्यजन्तु आरक्षबाट थप एउटा अर्ना चितवन निकुञ्ज ल्याइएको छ। शुक्रबार दुई वटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गरिएकोमा थप अर्को पोथी अर्ना चितवन निकुञ्जमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए। अहिले अर्ना समात्ने चिकित्सक र प्राविधिज्ञ सहितको टोली कोशीटप्पुमै रहेको छ। यो सँगै चितवन निकुञ्जमा ३ वटा अर्ना आइपुगेको छ।

६ बर्षको पोथी अर्ना समाएर चितवन पठाईएको र आजपनि अर्ना समाउने प्राविधिक टोली कोशीको आरक्षमा खटाईएको आरक्षका प्रमुख श्यामकुमार शाहले जानकारी दिए। कोशीबाट चितवनमा ५ भाले सहित २० वटा अर्ना ल्याउने योजना छ। क्रमैसँग अर्ना ल्याइने चितवन निकुञ्जले जनाएको छ। अर्ना लोप नहोस् भनेर बंश संरक्षणका लागि यसरी स्थानान्तरण गरिएको हो। सन् १९६० को दशक अघि चितवनमा अर्ना रहेको र पछि लोप भएको यहाँका पुराना संरक्षणकर्मी रामपृत यादव बताउँछन्। अर्ना स्थानान्तरणको काम जुलोजिकल सोसाइटी अफ लण्डन, डव्लु डव्लुएफको हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निकुञ्ज विभागको समन्वयमा भएको हो। अर्ना ल्याउने काम सकिएपछि बाह्रसिंगे ल्याउने र गैंडा स्थानान्तरणको काम शुरु हुने निकुञज विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका