Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्मरण शक्ति बढाउन मन भए यसो गर्नुहोस् – Gaule Khabar

स्मरण शक्ति बढाउन मन भए यसो गर्नुहोस्

स्मरण शक्ति बढाउन  मन भए यसो गर्नुहोस्

माघ १६  –

‘स्मरणबिना सभ्यता पनि असम्भव छ । स्मरणको अभावमा समाज र भविष्यको कल्पना गर्न सकिदैन,’ वरिष्ठ दार्शनिक इलि विइसेलले भनेका छन् । हो स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । त्यति हुँदाहुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ ।

के हो कम्जोर स्मरण शक्ति ?

विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ । कोहीको जन्मजात नै कमजोर स्मरण शक्ति हुन्छ । कसै कसैमा यो समस्या गम्भीर हुन्छ । एकाग्रताको अभावमा स्मरण शक्ति कमजोर हुन्छ । कमजोर स्मरण क्षमता हुने मानिसको व्यक्तित्व पनि नराम्रो हुने उनीहरु डिमेन्सिया जस्तो दिमाग सम्बन्धि रोगको शिकार बन्ने खतरा हुन्छ । डिमेन्सियाले मानिसको दैनिक गतिविधि नै नराम्रोसँग प्रभावित हुन्छ । कमजोर स्मरण शक्तिका कारण उमेर पाको हुदै जानु, एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ । त्यस्तै मदिराको कुलत, ड्रग्स, ब्रेन ट्युमर, निश्चित प्रकारका औषधीको सेवनले पनि स्मरण शक्तिलाई नराम्रो असर गरेको हुन्छ ।

यसरी बढाउन सकिन्छ स्मरण शक्ति

पिस्ताको नट: थायमिन वा भिटामिन बी एकको कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ ।

गहुको जमराः स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ । ब्लुबेरीः एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ ।

गाजरः क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ ।

अन्डाः अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ ।

भिन्डीः त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भेडरीले पनि दिमागलाई तेज बनाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका