Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रम्पलाई झड्का, ७ मुस्लिम राष्ट्रका २ सयजना पक्राउपछि अदालतले भन्यो–भिसा भएकालाई पक्राउ र डिपोर्ट नगर्नू – Gaule Khabar

ट्रम्पलाई झड्का, ७ मुस्लिम राष्ट्रका २ सयजना पक्राउपछि अदालतले भन्यो–भिसा भएकालाई पक्राउ र डिपोर्ट नगर्नू

ट्रम्पलाई झड्का, ७ मुस्लिम राष्ट्रका २ सयजना पक्राउपछि अदालतले भन्यो–भिसा भएकालाई पक्राउ र डिपोर्ट नगर्नू

अमेरिका,माघ १६ –

अमेरिकाको एक अदालतले अमेरिकाको भिसा भएका प्रतिबन्धित ७ मुस्लिम राष्ट्रका व्यक्तिहरु तथा शरणार्थीहरुलाई पक्राउ गरी डिपोर्ट नगर्न आदेश दिएको छ ।
अमेरिकाको एक जिल्ला अदालतका न्यायधिस एज डोनेल्लीले अमेरिका आइरहेका भिसा भएका व्यक्तिहरु वा स्वीकृति लिएर आएका शरणार्थीहरुलाई एयरपोर्टबाट पक्राउ नगर्न र फिर्ता नपठाउन एक अन्तरिम आदेश दिएको बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्रवादी इस्लामिक आतंककारीहरुलाई देशबाट बाहिर राख्ने एक अभियानको रुपमा शुक्रबार ७ मुस्लिम बहुल देशहरु भ्रमणकर्ताहरुलाई तीन महिनाका लागि अमेरिका प्रवेशमा रोक, विश्वभरुका सबै शरणार्थीहरुको प्रवेशलाई आगामी १२० दिन सम्मका लागि निलम्बन र सिरियाली शरणार्थीलाई अनिश्चितकालका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए ।

ट्रम्पको कार्यकारी आदेशपछि विश्वका ७ मुसलमान बहुल देशहरु इराक, सिरिया, लिबिया, सुडान, सोमालिया, यमन तथा इरानका आप्रवासी तथा नागरिकहरुलाइ देश छिर्न प्रतिबन्ध लगाएपछि अमेरिका आउँदै गरेका त्यस्ता मानिसहरु अमेरिकाका विभिन्न एयरपोर्टबाट धमाधम पक्राउ परेका थिए ।
उक्त कदम मुसलमानविरुद्धको प्रतिबन्ध भन्दै विभिन्न अधिकारबादी समूहहरुले यसविरुद्ध अवाज उठाएका थिए । अमेरिकी सिभिल लिबर्टी युनियनले सो विरुद्ध कानुनी चुनौती दिएको थियो ।
त्यसपछि अदालतले पक्राउ नगर्न र उनीहरुलाई घर फिर्ता नपठाउन आदेश दिएको हो । न्यु योर्क विमानस्थलमा मात्र ११ जना पक्राउ परेको बताइएको छ ।
देशभरि र ट्रान्जिटमा गरि १०० देखि २०० सम्म पक्राउ परेको युनियनले जनाएको छ । पक्राउ गर्ने कदमविरुद्ध न्यु योर्क बिमानस्थलमा ब्यापक बिरोध प्रदर्शन समेत भएको थियो ।

पक्राउ पर्नेमा ट्रम्पले आदेश जारी गर्नु अघि नै अमेरिकाका लागि उडेकाहरु भएको बताइएको छ । यसैबीच अमेरिका आउन लागेका ती सात देशका नागरिकलाई विभिन्न देशको बिमानस्थलबाट फर्काउन थालिएको छ ।

शनिबार इजिप्टको कायरो बिमानस्थलबाट न्यु योर्क जान लागेका पाँच इराकीहरुलाई फर्काइएको थियो । ट्रम्पले भने यसलाई मुसलमानविरुद्धको प्रतिबन्ध होइन भनेर स्पस्टोक्ती दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका