Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्न भ्रमण टोली – Gaule Khabar

नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्न भ्रमण टोली

नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्न भ्रमण टोली

नवलपरासी, माघ १६–

नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ ।

तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् ।

आगामी फागुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ ।

करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्ने भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिनुभयो ।

सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका