Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायीः प्रम दाहाल – Gaule Khabar

देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायीः प्रम दाहाल

देशलाई समृद्ध बनाउन सहिदको सपना प्रेरणादायीः प्रम दाहाल

काठमाडौँ, माघ १६–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने बताउनुभएको छ ।

सहिद दिवसका अवसरमा आज प्रधानमन्त्री प्रचण्डले दिनुभएको सन्देशमा देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

“माघ १६ नेपाल र सबै नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु”–सन्देशमा उल्लेख छ ।

नेपाललाई वर्तमान अवस्थासम्म ल्याउन र हामीलाई अहिले प्राप्त स्वतन्त्रताको स्थापनामा सहिदहरूको योगदान उच्च रहेको बताउँदै प्रधानमन्त्री दाहालले राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकालविरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जेजति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री दाहालले राष्ट्रिय एकतालाई अझ सुदृढ र दरिलो बनाउने गरी उपयोग गर्न तथा यसमा सबै नेपालीहरूले अपनत्व महसुस गर्न आजको ऐतिहासिक दिनबाट शान्ति र विकाससहितको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका