कञ्चनपुर, माघ १५–
एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधासहितको नयाँ शोरुम के.एम. इन्टरप्राइजेज कन्चनपुर महेन्द्रनगरस्थित भासी–२ मा संचालनमा ल्याएको छ ।
एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिइएको छ ।
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भन्नुभयो, ‘हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो ।” ’
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।