Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा स्ववियु निर्वाचनःआशंका बीच उत्साह – Gaule Khabar

चितवनमा स्ववियु निर्वाचनःआशंका बीच उत्साह

चितवनमा स्ववियु निर्वाचनःआशंका बीच उत्साह

कृष्ण आचार्य,

चितवन माघ १५-

त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएपछि चितवनका क्याम्पसहरुमा चुनावी चहल पहल बढेको छ । स्ववियुमा बिगत ८ वर्षदेखि निर्वाचन हुन सकेको छैन ।

चुनाव घोषणा गरिएपछि विद्यार्थीहरुमा उत्साह देखिएपनि पटकपटक घोषणा हुदै स्थगित हुदै गरेकाले आशंका पनि उत्तिकै देखिन्छ । ‘२०६५ सालमा भएको स्ववियु निर्वाचनपछि विभिन्न कारणले निर्वाचन हुन सकेको थिएन’, एमाले सम्बद्ध रहेको अनेरास्ववियु चितवनका सचिव प्रकाश आचार्यले भने, ‘अब कसैले किचलो नगर्ने हो भन्ने निर्वाचन पक्का छ ।’ चितवनका सवै १३ ओटा कलेजमा स्ववियु चुनाव हुन्छ ।

यसपटक चुनाव प्रणाली पछिल्लो निर्वाचन भन्दा फरक रहेको छ । प्रत्यक्ष र समानुपाति दुवै प्रणालीमा निर्वाचनका लागि विद्यार्थी संगठनहरु सहमत भएका छन् । उम्मेदवार बन्नका लागि यसपटक २८ बर्षे उमेर हद तोकिएको छ ।

उम्मेदवारका लागि लगाइएको उमेर हदलाई विद्यार्थी संगठन एकमत हुन सकेका छैनन् । यसपटकबाट स्ववियु उम्मेदवारका लागि उमेरको हद कायम गरिएपछि विरोधले निर्वाचनमा अवरोध पार्न सक्ने विद्यार्थी नेताहरु बताउछन् । संगठनात्मक रुपमा नेविसंघले उमेरहदको विरोध गरेको छ ।यद्यपी त्रिभुवन विश्वविद्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

त्रिविका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने रहेको छ ।

कार्यतालिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गने र १४ गते मतदान हुने छ ।

त्रिविले फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको छ ।लामो समयदेखि स्ववियुमा उम्मेदवारीका लागि क्याम्पसको ढोका कुरेर बसेका विद्यार्थी नेताहरुको क्याम्पसको राजनीति उमेर हदले टुङ्ग्याएको विद्यार्थी नेताहरुले बताएका छन् ।

नेविसंघ चितवनका अध्यक्ष सुर्य ढकालले सवै कलेजमा स्ववियूको तयारी तिव्र पारिएको बताए ।उनले नेविसंघका कारण निर्वाचन रोकिने अवस्था नआउने समेत दावी गरे । निर्वाचन प्रणाली र उम्मेदवारमा उमेर हद सम्बन्धी व्यवस्थामा नेपाल विद्यार्थी संगठन भने सन्तुष्ट नभएको उनले वताए । नेविसंघमा अधिकांस सभापति पदका आकांक्षी २८ बर्ष नाघिसकेकाले नेविसंघले विरोध गरेको सम्बद्धहरुको भनाई छ ।

एमाओवादी निकटको अखिल क्रान्तिकारीले पनि चुनावमा होमीसकेको जनाएको छ ।सबै विद्यार्थी संगठनहरुले आन्तरिक छलफल पछि छिट्टै उम्मेदवारको टुंगो लगाउन जानकारी दिएका छन् । यद्यपि, विद्यार्थी भेटघाटका क्रममा सम्भावित उम्मेदवारहरुले प्रचार सुरु गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका