Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई अर्ब लागतमा सर्वसिद्विधाम निर्माणले गति लिँदै, – Gaule Khabar

दुई अर्ब लागतमा सर्वसिद्विधाम निर्माणले गति लिँदै,

दुई अर्ब लागतमा सर्वसिद्विधाम निर्माणले गति लिँदै,

बागलुङ,माघ १५ –

बागलुङ नगरपालिका– ८ पञ्चकोटमा ‘विश्वशान्ति सर्वसिद्विधाम’ निर्माणको लागि दुई अर्बको योजना अघि बढेको छ । पञ्चकोट क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम भइरहेको छ ।

स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको हो । पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश, ५,५५५ किलोको मुक्तिनाथ महाघन्ट, कलात्मक मठ, मन्दिर, मूर्ति, आश्रम, गौशलालगायतका संरचना निर्माण गरिनेछ । हालसम्म रु नौ करोड लगानी भइसकेको विश्वशान्ति सर्वसिद्विधाम पञ्चकोटले जनाएको छ ।

गरुढशीला, गङ्गामाताको मन्दिर, सत्सङ्ग भवन, अतिथि गृह, गौशला निर्माण भइसकेको सर्वसिद्विधामका अध्यक्ष नगेन्द्रराज शर्माले जानकारी दिनुभयो । पञ्चकोट पुग्ने सडक, पदमार्ग खानेपानी जस्ता पूर्वाधारको काम पनि सम्पन्न भइसकेको छ । ‘पञ्चकोटलाई विभिन्न गाउँसँग जोड्न ३० किमि मोटरबाटो निर्माण भइसकेको छ’ अध्यक्ष शर्माले भने ।

हालै गणेश मन्दिर निर्माणको काम अघि बढेको उनले जानकारी दिए। एकसय रोपनी क्षेत्रफलमा बन्ने धामका लागि आर्थिक सहयोग जुटाउन आगामी फागुन ९ गतेदेखि १७ गतेसम्म पञ्चकोट विराट श्रीमहायज्ञको आयोजना गरिएको छ ।

‘पञ्चकोटको वृहत्तर योजना सफल पार्न दुई अर्ब लाग्ने भएको छ’ प्रतिनिधि अध्यक्ष शर्माले भने “सोही उद्देश्यको लागि महायज्ञ आयोजना गरिएको हो ।” २०७१ सालमा आयोजना गरिएको महायज्ञबाट सवा दस करोड र गत वर्षको महायज्ञबाट ८२ लाख सङ्कलन भएको थियो ।

आगामी पाँच वर्षभित्रै पूर्वाधार सम्पन्न गर्ने लक्ष्य लिइएको सर्वसिद्विधामका महासचिव वसन्तकुमार श्रेष्ठले बताए । ‘देशकै महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा विकास गर्ने गरी काम अघि बढेको छ’ महासचिव श्रेष्ठले भने ‘ठूलो लगानी आवश्यक पर्ने हुँदा राज्यबाट यथोचित सहयोग हुनेमा हामी विश्वस्त छौंँ ।’

महायज्ञलगायत अन्य जनस्तरका अभियानबाट पनि आर्थिक सङ्कलन गर्ने योजना बनाइएको छ । पञ्चकोटमा पूर्वाधार विकासको लागि सरकारी कार्यालयले पनि विभिन्न योजना सञ्चालन गरिरहेका छन् ।

सदरमुकाम बागलुङ बजारदेखि सात किमिको दुरीमा रहेको पञ्चकोट पुग्ने सडक एक किमिबाहेक बाँकी कालोपत्रे भइसकेको छ । विश्वकै सबैभन्दा अग्लो हुने ठानिएको १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणमा ठूलो रकम खर्च हुनेछ ।

उक्त कलशको दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी, नेता, उद्योगी, व्यापारीदेखि सर्वसाधारणसम्म गरी एक हजार आठ जनाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

दोस्रो महत्वपूर्ण मानिएको ५,५५५ किलोको मुक्तिनाथ महाघन्ट राख्न जग निर्माणको काम अघि बढेको जनाइएको छ । उक्त महाघन्ट आगामी फागुनमा हुने महायज्ञको अवसरमा उद्घाटन गर्ने योजना रहेको जनाइएको छ । सर्वसिद्विधामको निर्माणले मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी तथा यससँग जोडिएका धर्म, संस्कृति र सभ्यताको संरक्षण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका