Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मलेसीयामा बस दुर्घटनामा परि नेपाली युवाको मृत्यु – Gaule Khabar

मलेसीयामा बस दुर्घटनामा परि नेपाली युवाको मृत्यु

मलेसीयामा बस दुर्घटनामा परि नेपाली युवाको मृत्यु

आर एन चौधरी थारु,
मलेसीया, माघ १५–
मलेसीयामा बस दुर्घटनामा परि एक नेपाली युवकको ज्यान गएको छ ।

जोहर बाहरु स्थित एक कम्पनीमा बिगत तीन वर्ष देखि कार्यरत प्रबिन झा (कनैया झा) भनेर चिनिने नेपाली युवाको आज विहान बस दुर्घटनामा मृत्यु भएको हो ।

सप्तरी जिल्लाको मुसहर्निया गाबिसमा स्थायी घर भएका अन्दाजी २४ कन्हैयाको आज बिहान नाइट ड्युटी सकाएर आफ्नो रुम फर्कने क्रममा सोही कम्पनीको बसले किचेपछि उनको ज्यान गएको हो । बसको ढोकामा उभिएको झा बसबाट लडेपछि पछाडिको चक्काले किचेर उनको मृत्यु भएको प्रत्यक्षदर्शी सुरेश कुमार जानकारी दिनुभयो ।

रोजगारीको शिलसिलामा झा बिगत तीन वर्ष देखि सो कम्पनीमा काम गर्दै आएको थियो । प्रत्यक्षदर्सीको अनुसार आज झा को कम्पनीमा काम गर्ने अन्तिम दिन थियो । कामको अवधि सकिएर घर जाने तरखरमा रहेका झाको निधनले त्यहाँ स्थित कामदारहरुलाई दुखी,मर्माहित बनाएको छ।
कन्हैयाको शवलाई पोष्टमार्टमको लागी अस्पताल लगिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका