काठमाडौं,माघ १५ –
लैंगिक हिंसा र सुरक्षालाई केन्द्रित गरी बनाइएको निडर एप्स शुक्रबार सार्वजनिक गरिएको छ। अष्ट्रेलियन दूतावासको सहयोगमा उज्यालो फाउण्डेशनले तयार पारेको एप्स लैगिक हिसा न्युनीकरणका लागि उपयोगी हुने उज्यालो फाउन्डेशनकी कार्यकारी निर्देशक अमुदा मिश्रले जानकारी दिइन्। यो एप्समा लैगिक हिंसा रिपोर्ट बटन सहित ६ वटा बटन राखिएको छ। जसबाट आफू रहेको स्थानको जानकारी दिनुका साथै विपदको समयमा उद्दारको अपिल गर्न पनि सकिन्छ।
- एप्सका कुन बटनले कसरी काम गर्छ ?
एसओएस म्यासेज आफू रहेको स्थानको जानकारीसहित आफ्नो सुरक्षा सम्पर्कलाई खबर पठाउन सकिन्छ।
- तत्काल बचाउ
आपतकालिन अवस्थामा आफ्ना सम्पर्कमा रहेकाहरुलाई सचेत पार्नको लागि पावर बटन पटकपटक थिचेपछि फल्स अलार्म बज्छ।
- लैंगिक हिंसा
उजुरी नेपालमा जुनसुकै ठाउँबाट पनि लैंगिक हिंसाका फोटो,अडियो,भिडियो रिपोर्ट यही एप्सबाट दिन सकिन्छ। जुन लैंगिक हिंसासम्बन्धी काम गर्ने संघसंस्थाको ठेगानामा पुग्छ। जुन संस्थाहरुले १२ देखि २४ घण्टाभित्र सेवा प्रदान गर्ने फाउन्डेशनले जानकारी दिएको छ।
- सुरक्षा जाँच
आफ्नो यात्राको जानकारी र गन्तव्यसम्म पुग्न लाग्ने समय तालिकासहित सुरक्षा चेक इन निर्धारण गर्न सकिन्छ। यदि निर्धारित समयसम्म नपुगेमा एप्सले आफै जानकारी दिन्छ।
- सम्पर्क सूची
आपत विपद पर्दा सहयोग गर्ने संघसंस्थाहरुको सूची यो एप्समा पाइन्छ। यदि तपाई समस्यामा पर्नुभयो कहाँ सम्पर्क गर्ने भनेर अलमलमा परेमा यो सूचीमा गएर सिँधै सम्पर्क गर्नु सक्नुहुनेछ।