Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालप्रती प्रवासी युवाहरुको भूमिका – Gaule Khabar

नेपालप्रती प्रवासी युवाहरुको भूमिका

नेपालप्रती प्रवासी युवाहरुको भूमिका

घनश्याम पराजुली–

‘प्रवासी’ एउटा देशको मानिस अर्को देशमा पुग्नु । अस्थाई रुपमा रोजगारी, मनोरञ्जन, व्यवसाय वा अन्य कामका लागी केही समयका लागी अर्काको देशमा बस्ने मानिसलाई प्रवासी भनिन्छ । हामी सबैले बुझेका छौं । तर नेपालको हालको परिस्थितीमा प्रवासी नेपाली भन्ने वित्तिक्कै रोजगारीका लागी मात्रै विदेश छिरेका नेपाली भन्ने बुझिरहेका छौं । गौण रुपमा विदेशमा केही नेपालीहरुले व्यवसाय गरिरहेका छन् । परिवारको खुशीका लागी दिन गुजारा गरिरहेका छन् । घुम्न वा मनोरञ्जनका लागी केही समय प्रवासी बनेका छन् । तर धेरै नेपालीहरुको प्रवासी बन्नुको यर्थाथ भने रोजगारी नै हो ।

प्रवासको रोजगारी र नेपाली

देशमा राजनितीक अस्थिरता व्याप्त छ । गरिबीले चरम सिमा छोएको छ । परिवार पाल्न नेपालमै दश नग्रा धस्दा पनि सकिदैन । नेपालमा हुने आम्दानी भन्दा खर्च बढी छ । महंगीको मारमा परिरहेको छ । यस्ता समस्यालाई हल गर्ने एउटै माध्यम बनेको छ प्रवासको जागीर । केही समयको लागी युवाहरुले पनि प्रवासको जागीरलाई नै आफ्ना परिवार पाल्ने माध्यम बनाएका छन् । चाँहे खाडीमा गएर होस वा युरोप अमेरीका । आजका दिनमा प्रवासको रोजगारी नै आफ्नो समस्या धान्ने राम्रो माध्यम बनेको छ ।
‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ प्रवासमा रहेका नेपालीहरुका लागी यो स्लोकले अती नै छुन्छ । प्रवासमा जागीर गरिरहेका छौं, परिवार पालीरहेका छौं, प्रवासमा परिवारसँगै बसिरहेका छौ । तर पनि नेपालको माया भने कहिल्यै बिर्सन नसकिने रहेछ भन्ने कैयौं उदाहरणहरु छन् ।
म एक कलिलो युवक खाडी मुलुक कतारमा एक दशक देखी काम गरिरहेकोे छु । यहीँको केही उदाहरण तपाईहरुमाँझ पस्कन चाँहे ।
कतारमा कुनै नेपालीको पनि सुनौलो भविश्य छैन । किनभने यहाँ यूरोपको जस्तो न ग्रीन कार्डको व्यवस्था छ त स्थायी बसोबास नै गर्न सकिन्छ । तर पनि जती बसिन्छ आफ्नो भविश्य र नेपालका लागी केही गर्न भने पक्कै सकिन्छ । र केही नेपालीहरुले गरिरहेका पनि छ । जसले कतारमा आफुलाई पालेका छन्, परिवारलाई खुशी दिएका छन् । अनी अन्य देशका मानिसहरु जस्तै व्यवसायलाई दाँहीको मियो बनाएका छन् । नेपालमा पनि सहयोगी काम गरिरहेका छन् । नेपालका लागी केही गरौ न भन्ने केही युवाहरुको नाम जोड्न चाँहे जसले यहाँहरुलाई बुझ्न सजिलो बनाउने छ । प्रवासको यो मरुभुमि कतारमा व्यवसायसँगै नेपाल र नेपालीको सहयोगका लागी जुट्ने आरके शर्मा, प्रकाश कोईराला, प्रविन गुरुङ्ग, उत्तम गुरुङ्ग, अबदुल बासिद लगायतका युवाहरुलाई हामी प्रवासी अनि नेपालीहरुले सम्मान गर्नुपर्छ । अन्य देशमा पनि यस्ता केही युवाहरु छन् । उनीहरु खाडी मुलुक कतारमा हामीहरु जस्तै रोजगारीका लागी आएका थिए अनी आज सफल व्यवसायी र समाजसेवीको रुपमा चिनिरहेका छन् । उनीहरुको कामको बयान यहाँ गर्नु पर्ने लाग्दैन । प्रायः धेरैले बुझेका छन् ।
मैले बुझाउन खोजेको प्रवासको रोजगारीमा नेपालीहरुले धेरै गर्न सक्छन् । आफ्नो लागी, समाजको लागी र देशको लागी पनि धेरै गरिरहेका छन् भन्ने हो ।

प्रवासी नेपालीले बुझेको देशको अवस्था

सबैलाई लाग्ला हामी प्रवासी नेपालीहरु महिनावारी आउने तलवको प्रखाईमा छौ । परिवारको खुशीमा मात्र सिमित छौं । नेपालको राजनीतिलाई समाजिक सन्जलाबाट मात्रै बुझिरहेका छौ वा आदी ईत्यादी । तर नेपालमा बस्ने नेपालीहरुले भन्दा बढी प्रवासमा बस्ने नेपालीहरुले नेपालको अवस्था बारेमा धेरै बुझ्ने गरेका छन् ।
उनीहरुलाई देशको माया अत्याधीक छ भन्ने बुझिन्छ । चाँहे त्यो प्रत्यक्ष व्यक्त गर्ने क्षमता नभएर हुनसक्छ वा प्रवासीको नाममा हेपाईएर उनीहरुलाई केही नबुझेको बनाउन चाहान्छन नेपालमा बस्ने नेपालीहरु । तर प्रवासी नेपालीहरुले नेपालको हरेक राजनीतिक अवस्था, देशको अवस्था नजिकबाट नियालिरहेका छन् । कैयौं खबर प्रवासबाट नेपालीहरुले सहयोग गरेको सुन्न पाईएको छ र पाई रहनेछ ।
प्रवासमा मृत्युवरण गरेका परिवार, घाईते बनेका कामदार, नेपालमा भूकम्पको मारलाई सहिरहेका नेपाललाई समेत प्रवासीहरुले मलम लगाएका छन् । कलाकारहरुले गर्ने सहयोगी कार्यमा प्रवासी नेपालीहरुको नै बढी सहयोग पुगेको छ । त्यसैले प्रवासमा रहेर नेपालीहरुले देशको अवस्था बारे राम्ररी बुझिरहेका छन् । प्रवासमा रहेका नेपालीहरु पनि देशमा एक हिस्सा हुन भन्ने बुझ्न जरुरी छ ।

प्रवासी नेपालीको दायित्व

देशमा बढ्दो बेरोजगारीबाट बच्न प्रवासमा कार्यरत नेपालीहरुले देशप्रतीको माया भुल्नु हुन्न । राजनीतिक उतारचढाव आउदा प्रवासबाट पनि दबाब दिन पछी हट्नु हुन्न । प्रवासमा हामी कसैको कार्यकर्ता भन्दा पनि देशको लागी राम्रो काम गर्नेको पछाडी हिड्न पर्ने समय आएको छ । देशको राजनीतिक अस्थितरतालाई जोगाउन विदेशमा रहेका ३० लाख युवाहरु एकजुट हुनुपर्ने बेला आएको छ । अहिले पनि हामी नेपालीहरु प्रवासमा पहिचानको संकटबाट गुज्रिरहेको अबस्था छ । राष्ट्रिय बिभूति र प्राकृतिक सम्पदा मार्फत नेपालको परिचय हाम्रो बाध्यता हो ।
हामीमा निहित मानब शंसाधन, शिप, ज्ञान र पूँजीको सामूहिक लगानी गर्दै समुदायको आर्थिक प्रगती गर्न आवश्यक छ । विपन्न समाजमा बिकासका कुरा सम्भब छैन । प्रवासबाट हामीले सम्पन्नताका लागी पहल गरिरहेका छौं । यसले हाम्रो देशको विकासमा देवा पुर्याउने छ अनी प्रवासी नेपालीको नेपालप्रतीको भुमिकालाई बुझ्ने छन् ।
हामी प्रवासमा कार्यरत भएपनि नेपालीनै हौँ र नेपालप्रति पनि हाम्रो दायित्व छ भन्ने कुराको मनन गर्नुपर्छ । त्यसैले नेपाल र नेपालको सुन्दरतालाई आफु बस्ने देशका जनताहरुलाइ चिनाउन जरुरी छ । हामी सबैमा केहि सवलता अनि केहि दुर्वलता पक्कै हुन्छ । त्यसैले हामी एक आपसमा मिलेर जति राम्रो गर्न सक्छौं त्यति एक्लै गर्नै सक्दैनौ । त्यसैले योग्यता, क्षमता अनुसारको उचित देशप्रतीको जिम्मेवारी वहन गर्न सक्नुपर्छ ।
त्यसैले प्रवासमा रहेपनि देशप्रतिको आफ्नो दायित्वलाई आत्मसाथ गर्नै आफ्नो भुमिका प्रति कटिबद्ध रहनु पर्ने बेला आएको मैले बुझेको छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका