Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
​नेपालमा भिख मगाउन भारतीय बालबालिकाको प्रयोग – Gaule Khabar

​नेपालमा भिख मगाउन भारतीय बालबालिकाको प्रयोग

​नेपालमा भिख मगाउन भारतीय बालबालिकाको प्रयोग

वीरगन्ज माघ,  १४ –

बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन् । हातमा सरकारी अस्पतालको पुर्जी लिई  ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको यहाँ आउने जो कोहिले सजिलै देख्न सक्छन् ।  भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया र समस्तीपुरलगायतका बालबालिका ल्याएर वीरगन्ज नगरमा भिख मगाउने समूह सक्रिय भएका छन् ।

भारतीय सिमावर्ती शहर रक्सौलस्थित रेल्वे स्टेसन नजिकै घरमा डेरा गरी बसेका मगन्ते ‘समूह’ का सदस्यले नक्कली अस्पतालको पुर्जी र नक्कली डाक्टरको हस्ताक्षर गरी आफन्तको उपचार गराउनुपर्ने भन्दै स–साना बालबालिकासँग भिख मगाउने गरेका छन् ।  भिख माग्दै गरेका भारत बिहार घर भएकी अन्दाजी ११ वर्षीय हिना (नाम परिर्वतन) ले भिख मागेर आफूले दैनिक  चार सयदेखि पाँच सयसम्म उठाउनुपर्ने बाध्यता रहेको बताइन् ।  यो पेसामा आउनु भन्दा अगाडि आफूलाई केही हप्ता तालिम दिएको उनले बताइन ।

भिख माग्ने पेशामा आफूजस्तै अन्य केटाकेटी पनि संलग्न रहेको उनले सुनाइन् । ‘अहिले म वीरगन्जमा भिख माग्दै हिडेकी छु, भोलि कता पठाउँछन् मलाई थाहा हुँदैन,’ उनी भन्छिन्  ‘जुन दिन कम रकम उठ्छ, त्यो राति खाना कम र गाली धेरै खानुपर्ने हुन्छ ।’  यसरी वीरगन्ज नगरक्षेत्रमा स–साना बालबालिकालाई प्रयोग गरेर मगन्तेको समूह सक्रिय भएको सम्बन्धमा पर्साका स्थानीय प्रहरी प्रशासनले भने खासै चासो दिएको छैन ।

बजारमा साना बालबलिका हातमा सेतो कागज लिई उपचारका लागि रकम उठाउने गरेको जानकारी आए पनि यस कार्यमा मगन्तेको समूह नै सक्रिय रहेको विषयमा जानकारी नभएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका