चितवन, माघ १४–
पश्चिमी वायुको प्रभावका कारण आज चितवनसहित देशभर मौसम बदली भएको छ । चितवनमा आज विहानैदेखि हल्का वर्षा भई रहेको छ । यस्तै देशका उच्च हिमाली भेगमा हिमपात समेत भएको छ ।
आज विहानैदेखि पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब भने जाडो हराउँदै जाने मौसमविदको दाबी छ ।
चितवनका नारायणगढ, भरतपुर, नवलपरासीको गैंडाकोटलगायतका स्थानमा छिटपुट वर्षा भईरहेको छ ।
पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ ।