Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एनसीएसएस कपको उपाधि धाईजनलाई – Gaule Khabar

एनसीएसएस कपको उपाधि धाईजनलाई

एनसीएसएस कपको उपाधि धाईजनलाई

झापा, माघ १३–

नेपाली क्रिकेट समर्थक समाज झापाद्धारा आयोजित ‘एनसीएसएस झापा कप क्रिकेट’ प्रतियोगिताको उपाधि धाईजन क्रिकेट क्लवले उचालेको छ ।
विहीबार सम्पन्न फाईनल भिडन्तमा दमक क्रिकेट क्लवलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै धाईजनले उपाधि उचालेको हो । उपाधिसंगै धाईजनले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र बुझायो भने दमक १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
विजेता र उपविजेता टिमलाई कंकाई नगरपालिका कार्यालयका प्रमुख मेघराज बास्तोलाले पुरस्कार वितरण गर्नुभयो ।


फाईनल भिडन्तमा टस जितेर दमकले पहिले व्याटिङ गर्दै १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५७ रन जोडेको थियो । दमकका लागि याडम राईको १६ र रोशन थापाको १३ रनको योगदान दिए । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङमा धाइजनका अशोक सुब्बाले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए भने विक्रम कार्की र दिपेश कमातीको २/२ विकेट, नाम्लिङ एक्तेन १ विकेट लिए । धाईजनका अशोक सुब्बाले २ खेलाडीलाई रन आउट पारेका थिए । ५८ रनको झिनो लक्ष्यसहित मैदान उत्रिएको धाईजनले ७.३ ओभरमा मात्र एक विकेट गुमाउँदै ६० रन प्रहार गर्दै उपाधि कब्जा गर्यो ।
धाईजनका अंकित सुवेदीले २४ रनको योगदान दिए । निर्त्य खडौरिया २८ रन र अशोक सुब्बाले ५ रनमा नटआउट रहे ।
दमकका लागि असिम काफ्लेले १ विकेट लिए ।
प्रतियोगितामा धाईजनका अशोक सुब्बा १० विकेटका साथ उत्कृष्ट बलर घोषित भए भने धाईजनकै नृत्य खडौरिया ८० रनका साथ उत्कृष्ट व्याट्सम्यान घोषित भए । दुवैले ३/३ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै अकोश सुब्बा नै म्यान अफदि सिरिज घोषित भए ।त्यसबापत उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।


नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिति झापाका संयोजक विश्वराज गौतमले यस प्रतियोगिताले युवा स्तरमा क्रिकेटलाई चलायमान बनाएको बताए । साथै क्रिकेट गतिविधि अझ परिस्कृत रुपमा लैजाने र क्रिकेट बेथिति विरुद्ध पनि संगसंगै लड्दै जाने उनले उदघोष गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका