Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षक संगठनको राष्ट्रिय परिषद् भेला चितवनमा,केपी ओलीले उद्घाटन गर्ने – Gaule Khabar

शिक्षक संगठनको राष्ट्रिय परिषद् भेला चितवनमा,केपी ओलीले उद्घाटन गर्ने

शिक्षक संगठनको राष्ट्रिय परिषद् भेला चितवनमा,केपी ओलीले उद्घाटन गर्ने

चितवन,माघ १३-

नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औं राष्ट्रिय परिषद् भेला तथा केन्द्रीय विधान अधिवेशन चितवनमा हुने भएको छ । संगठनले आज नारायाणगढमा पत्रकार सम्मेलनको आयोजनागरी माघ १५ र १६ गते नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवेशनको तयारी पुरा भएको जनाएको छ । अधिवेशनको एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने संगठनका केन्द्रिय अध्यक्ष बाबुराम थापाले जानकारी दिए । नेपाल शिक्षक संगठन चितवनको स्थानीय व्यवस्थापनमा हुने सो अधिवेशनमा देशभरका ४ सय ४७ नेता शिक्षकहरुको सहभागिता रहने अध्यक्ष थापाले वताए । विधान अधिवेशनमा विदान संसोधनसंगै शैक्षिक मुद्धा र समाज रुपमान्तरणमा शिक्षकले पु¥याएको भुमिकाका बिषयमा वहस गरिने संगठनले जनाएको छ ।

त्यस्तै ,शिक्षकका समस्या,पेशागत हकहितको संरक्षण तथा शैक्षिक विकास,शिक्षकहरुको वर्तमान अबस्था लगायतका विषयमा पनि छलफल हुने संगठनका जिल्ला अध्यक्ष पुर्ण पुरीले जानकारी दिए ।अधिवेशन सम्पन्न गर्न शिक्षक संगठनका जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी संयोजक रहेको १ सय १५ सदस्सीय मूल समिति तथा बिभिन्न ११ वटा उपसमिति वनाइएको छ । अधिबेशन उद्धघाटन पुर्ब नारायाणगढमा १५ गते बिहान वृहत प्रभातफेरी निकालिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका