Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालमा पढेका डाक्टरले पाउँदैनन् यूएईमा काम गर्न – Gaule Khabar

नेपालमा पढेका डाक्टरले पाउँदैनन् यूएईमा काम गर्न

नेपालमा पढेका डाक्टरले पाउँदैनन् यूएईमा काम गर्न

काठमाडौं,माघ १३-

नेपाली विश्वविद्यालयले उत्पादन गरेका डाक्टर दक्षिण एसियामै राम्रा मानिन्छन्। तर, बंगलादेश, पाकिस्तान, भारतजस्ता मुलुकका डाक्टरलाई काम गर्न छुट युनाइटेड अरब इमिरेट्स(युएई)मा नेपाली डाक्टरलाई भने श्रम अनुमति दिइँदैन।

युएईका हस्पिटलबाट नेपाली डाक्टरलाई आएको अवसरमा जान नपाएको गुनासो डाक्टरहरुले गर्न थालेका छन्। डक्टरले युएईमा काम गर्न पाउने मुलुकमा नेपालको नाम सूचीकृत नहुँदा त्यहाँको लाइसेन्स परीक्षामा नेपालमा पढेका डाक्टर सहभागी हुन नपाएका हुन्।

उक्त सूचीमा प्राविधिक कारणले वा नीतिगत रुपमा नेपालको नाम छुटेको हो भन्ने बारे युएई दूतावास समेत प्रस्ट नभएको एक चिकित्सकले बताए। आफूले युएईको एक मेडिकल कलेजमा प्रोफेसरका रुपमा जानका लागि  प्रक्रिया थाल्दा युएई दूतावास, परराष्ट्र मन्त्रालय र सम्बन्धित विश्वविद्यालयलाई गुहार्दा पनि गम्भीर रुपमा नलिइएको उनले गुनासो गरे।

सयौं नेपाली अदक्ष कामदार जाने देशमा दक्ष कामदार जान रोकिएको विषयलाई नेपाल सरकारले गम्भीर रुपमा लिनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘श्रमिक पठाउने देशमा दक्ष जनशक्ति अनिवार्य रुपमा लिनुपर्ने शर्त श्रम सम्झौतामै राख्ने गरिएका उदाहरण छन्। यसकारण डाक्टर, इन्जिनियरजस्ता दक्ष जनशक्ति जाने वातावरण बनाउन नेपाल सरकारले पहल गर्नुपर्छ।’

बर्सेनी सयौं चिकित्सक विदेशबाट लाने युएईमा एक विशेषज्ञ चिकित्सकले प्रतिमहिना ८ देखि १० लाख रुपैयाँसम्म आर्जन गर्न सक्छन्। रेमिट्यान्सका हिसाबले पनि नेपाल सरकारले युएई सरकारसँग यस विषयमा बुझेर पहल गर्न डाक्टरहरु सुझाउँछन्।

नेपाली विश्वविद्यालयमा पढेका विशेषज्ञ डाक्टरलाई मान्यता नदिइए पनि भारत, बंगलादेश, चिन लगायतका देशमा पढेका नेपाली डाक्टरले भने युएईमा काम गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका