Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महँगिदै बैंकको ऋण,जग्गामा लगानी गर्नेहरु समस्यामा – Gaule Khabar

महँगिदै बैंकको ऋण,जग्गामा लगानी गर्नेहरु समस्यामा

महँगिदै बैंकको ऋण,जग्गामा लगानी गर्नेहरु समस्यामा

काठमाडौ, माघ १३  –

अनामगरकी अप्सरा पौडेलले गत वर्ष गाडी किन्न एक वाणिज्य बैंकबाट १४ लाख कर्जा लिएकी थिइन्। वार्षिक ७ प्रतिशत ब्याजदरमा लिइएको उनको कर्जाको ब्याजदर बढेर अहिले १२ प्रतिशत पुगेको छ।

ऋण दिएको बैंकले उनलाई एक महिनाअघि नै डाकेर ब्याज बढेको जानकारी गराएको थियो। यस्तै चोभारका रामशरण केसीले पनि डेढ वर्षअघि घर बनाउन बैंकबाट ८.४९ प्रतिशत ब्याजमा ऋण लिएका थिए। बैंकमा तरलता अभाव हुन थालेपछि ऋण दिएको बैंकले किस्ता बढेको जानकारी गराएको छ। हाल उनले मासिक ५० हजारका दरले साँवा र ब्याज बुझाउँदै आएका छन्। १५ वर्षका लागि उनले ऋण लिएका हुन्।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी रित्तिएपछि बैंकर्सले कर्जाको ब्याजदरसमेत धमाधम बढाउन थालेका हुन्। आफ्ना ऋणीलाई बोलाएर बैंकले ब्याजदर बढेको सूचना दिन थालेका छन्। नयाँ ऋणीका लागि अहिले लिएको निक्षेप ब्याजदरको आधारमा नयाँ कर्जाको ब्याजदर तय गरिएको छ भने धेरै जसो बैंकहरूले पुराना ऋणीको समेत ब्याजदर बढाइसकेका छन्। कतिपय बढाउने प्रक्रियामा छन्। दुई वर्षअघि १० प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर अहिले १२ देखि १५ प्रतिशत पुगेको छ।

बजारमा लगानीयोग्य पुँजी अभाव भएपछि निक्षेप संकलनलाई आकर्षित गर्न अहिले बैंकले ब्याजदर बढाएका हुन्। नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले निक्षेपमा ब्याजदर बढेपछि कर्जामा पनि ब्याजदर बढाउनैपर्ने बाध्यता भएको जानकारी दिए।

‘अब १२ प्रतिशतमा निक्षेप संकलन गरेपछि १८ देखि १९ प्रतिशतसम्म कर्जामा ब्याज नलिए व्यवसाय धान्न गाह्रो हुन्छ’, उनले भने, ‘सम्पूर्ण लगानीमा कर्जा र निक्षेपको ब्याजदर अनुपात ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ।’राष्ट्र बैंकको व्यवस्थाअनुसार कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाइन्छ। बाँकी २० प्रतिशत रकम बैंक आफैंले राख्नुपर्छ। ८० प्रतिशत कर्जाबाट बाँकी २० प्रतिशत र शून्य ब्याजदरको ६ प्रतिशत कर्जाको ब्याजलाई समेत समेट्नुपर्ने भएकाले कम्तीमा पनि १८ प्रतिशतभन्दा तलको ब्याजमा कर्जा दिँदा अप्ठ्यारो अवस्था आउने बैंकर्सको भनाइ छ।

दुई साताअघि निक्षेप संकलनमा होडबाजी गरेका बैंकर्सले पछिल्लो समय मुद्दती खातामै १२ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन्। केही समय अघि सिभिल बैंकले ११.१ प्रतिशत ब्याजमा १११ दिने मुद्दती बचत माग गरेको थियो।

एनसीसी बैंकले न्यूनतम एक लाख बचत गर्नेलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी छोटो अवधिका निक्षेप माग गरेको छ। बैंकले १२० दिने (चार महिना) अवधिको लागि उच्च ब्याजदरको निक्षेप संकलन गर्न लागेको हो। यो मुद्दतीमा ९० प्रतिशत कर्जा सुविधा हुने र त्रैमासिक ब्याज भुक्तानी दिने जनाएको छ।

मंगलबार एनआईसी एसिया बैंकले एक वर्ष मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने बचत योजना सार्वजनिक गर्‍यो भने एनसीसी बैंकले पनि चार महिना अवधिको लागि १२ प्रतिशत ब्याजदरको मुद्दती योजना सार्वजनिक गरेको छ। एनआईसी एसियाले एक लाख न्यूनतम बचत गर्ने व्यक्तिगत निक्षेपकर्तालाई १२ प्रतिशत ब्याज दिने र ब्याज मासिक भुक्तानी गर्ने योजना ल्याएको हो।

बैंकले ब्याजदर बढाएपछि अब एक लाख ऋण लिएका ऋणीले वार्षिक १८ देखि १९ हजारसम्म ब्याज तिनुपर्ने हुन्छ। महँगो ब्याजमा लिएको ऋणको लगानीबाट उत्पादित वस्तुको मूल्य बढ्नेछ भने हाम्रो जस्तो आयातित अर्थतन्त्र भएको मुलुकमा यो अझ घातक सिद्ध हुन्छ। ऋण लिएर उपभोग तथा आयातमा गरिएको खर्चले अर्थतन्त्र दिगो बन्दैन।

अहिले बैंकर्स मुख्य चासोको विषय भनेको १२/१३ प्रतिशतमा निक्षेप लिएर दिगो कसरी हुने भन्नेमा हो। तरलता परिपूर्ति गर्न बढाइएको ब्याजदरपछि घातक हुन सक्ने अर्थात यसले दीर्घकालीन विजनेसमा असर पार्ने उनीहरूको ठम्याइँ छ।

तरलता अभावका कारण ब्याजदर बढेपछि औद्योगिक क्षेत्रको लागत बढ्ने, निर्यात प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने तथा आयात प्रोत्साहित हुने जस्ता ‘चेन इफेक्ट’ देखिने बताइएको छ। पुँजी अभावको असर अहिले वाणिज्य बैंकमा मात्र देखिए पनि विस्तारै अन्य वित्तीय संस्था पनि पर्नेछ। यस्तो अवस्थामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि अनिवार्य नगद अनुपात (सीआरआर) लाई क्रमशः ६ पाँच र चार प्रतिशतलाई घटाउँदा फाइदा हुने नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडाले बताए। थोरै र धेरै ब्याजदर अर्थतन्त्र तथा दिगो अर्थतन्त्र निर्माणका लागि लाभदायक नहुने उनको भनाइ छ। अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका