Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेविसंघ चितवनको विवाद सतहमा, स्ववियू निर्वाचनमा असर पर्ने संकेत – Gaule Khabar

नेविसंघ चितवनको विवाद सतहमा, स्ववियू निर्वाचनमा असर पर्ने संकेत

नेविसंघ चितवनको विवाद  सतहमा, स्ववियू निर्वाचनमा असर पर्ने संकेत

चितवन, माघ १२ –

नेपाल विद्यार्थी संघ चितवनको विवाद सतहमा देखिएको छ । नेविसंघ जिल्ला समिति चितवनले जिल्लाका विभिन्न तीन क्याम्पसमा खालि रहेको पदहरुमा पद पुर्ति गरे संगै विवाद सतहमा आएको हो । केहिदिन अघि जिल्ला सभापति शुर्य ढकालले विरेन्द्र वहुमुखि क्याम्पस, वालकुमारी कलेज र कन्या कलेजमा रिक्त रहेका अध्यक्ष पदहरुमा जिम्मेवारी दिए संगै विवाद चुलिदै गएको हो ।
नेवि संघको ११ औ महाधिवेसनमा ती कलेजका ईकाई सभापतिहरुले केन्द्रिय सदस्य र विभिन्न पदहरुमा उम्मेदवारी दिए संगै अध्यक्ष पद रिक्त रहेको थियो । ती रिक्त रहेका पदहरुमा जिल्ला अध्यक्षमा निहित अधिकार प्रयोग गर्दै अध्यक्षले मनोनयन गरे पछि विवाद चुलिएको हो । रिक्त पदमा मनोनयन गरेको केहि दिन पछि नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको लेटर प्याडमा केन्द्रिय महामन्त्री दोय कुन्दनराज काफ्ले र सरोज कुमार थापाले संयुक्त रुपमा पत्र पठाउदै निर्णय वदर गएको जनाएका छन् । महामन्त्रीहरुले माघ ११ गते जारी गरेका विज्ञप्तिमा विवाद भनिएका जिल्लाहरुमा केन्द्र वाट प्रतिनिधिहरु पठाईने हुदाँ प्रतिनिधि नआउन्जेल कुनै पनि कार्य नगर्न नगराउनुहुन भनिएको छ ।
नेपाली काँग्रेस चितवनलाई वोदार्थ वनाई पठाईएको पत्रमा हाललाई संघको निर्णय र हित विपरित कुनै पनि काम नगर्न समेत निर्देशन दिईएको छ । नेविसंघ चितवनको विवाद लामो समय देखि रहि आएको छ । यसले गर्दा आसन्नमा हुन लागेको स्ववियू निर्वाचनलाई समेत असर पार्ने देखिएको छ । तत्कालीन नेविसंघ चितवनका सभापति उत्तम जोशिको कार्यकाल पछि नेविसंघ चितवनमा अहिले सम्म निर्वाचन हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका