Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नागरिकको लागी प्रहरी आश र अपराधीको लागी त्रास हुनुपर्छ : प्रजिअ भट्ट – Gaule Khabar

नागरिकको लागी प्रहरी आश र अपराधीको लागी त्रास हुनुपर्छ : प्रजिअ भट्ट

नागरिकको लागी प्रहरी आश र अपराधीको लागी त्रास हुनुपर्छ : प्रजिअ भट्ट

चितवन ,माघ ११
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले नागरिकको लागी प्रहरी आश र अपराधीको लागी त्रास बन्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरीको घुम्ती प्रशिक्षण विशेष अनुशिक्षण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनमा जारी विशेष सुरक्षा अनुशिक्षण कार्यक्रमको आज समापन गर्ने क्रममा बोल्दै प्रजिअ भट्टले प्रहरी देख्नासाथ अपराधी डराउनेपर्ने बताउनुभयो ।

प्रहरीलाई देख्दा सर्वसाधारणले सुरक्षीत महसुुस गनुपर्छ र अपराधी भने डराउनुपर्छ उहाँले भन्नुभयो । प्रहरी जनताप्रती उत्तरदायी हु्नुपर्ने र बोलीवचन पनी राम्रो हुनुपर्नेमा प्रजिअ भट्टले जोड दिनुुभयो । माघ ५ गतेदेखी सुरु भएको सात दिने तालिममा ४३ जना प्रहरी सहभागी भएका थिए ।

तालिममा सार्वजनिक स्थलको सुरक्षा , विशिष्ठ व्यक्तीहरुको सुरक्षा , विमानस्थलको सुरक्षा , कारागारको सुरक्षा , मेलापर्वहरुमा कसरी सरक्षा दिने लगाएतको बिषयमा प्रशिक्षण दिइएको तालिमका मुख्य प्रशिक्षक प्रहरी नायब निरिक्षक नवराज तिवारी जानकारी दिनुभयो । समापन कार्याक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका