Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अष्ट्रेलियाको शिक्षा बारे आधिकारिक प्रतिनिधिबाटै विद्यार्थीले पाए जानकारी – Gaule Khabar

अष्ट्रेलियाको शिक्षा बारे आधिकारिक प्रतिनिधिबाटै विद्यार्थीले पाए जानकारी

अष्ट्रेलियाको शिक्षा बारे आधिकारिक प्रतिनिधिबाटै विद्यार्थीले पाए जानकारी

चितवन, माघ ११–

पछिल्लो समय वैदेशिक शिक्षा हासिल गर्नका लागि नेपाली युवाहरु विदेशीने क्रम निकै बढेको छ ।

विद्यार्थीको संख्या जति बढ्दै गयो त्यति नै सही परामर्श हुन आवश्यक देखिन्छ । यही उद्देश्यका साथ ग्लोबल रिच चितवनले मंगलबार नारायणगढमा विदेशी कलेजहरुको आधिकारिक प्रनितिधि ल्याएरै विद्यार्थीहरुसंग प्रत्यक्ष भेट गराई दियो । जसले गर्दा विद्यार्थीहरुले आफैले प्रत्यक्ष कलेजका प्रतिनिधिहरुसंग यथार्थ कुरा जानकारी लिन पाए । ग्लोबल रिचले आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयरमा प्रत्यक्ष जानकारी लिन पूर्वी चितवन खैरहनीबाट आएका विद्यार्थी सुरज सापकोटाले यस फेयरबाट धेरै जानकारी पाएको बताए । उनले भने–“सबै कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुसंग जानकारी लिन पाए, एकै ठाउँमा सबै अवसर पाउनु खुशी लाग्यो ।” उनी जस्तै धेरै विद्यार्थीहरु खुशी थिए । होटेल रेड कार्पेडमा भरिभराउ विद्यार्थीहरुले आफ्नो जिज्ञाशा र जानकारी लिन प्राय सबै कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुसंग भेट गरेका थिए ।


ग्लोबल रिच नारायणगढका शाखा प्रवन्धक सुरेश पौडेलले यस फेयर विद्यार्थीहरुलाई सही जानकारी दिनका लागि धेरै सहयोग पुर्याएको बताए । उनले विगतका वर्षहरुमा पनि यस्तो कार्यक्रम गरिएपनि यसपटक एकै चोटी १४ वटा कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुलाई ल्याउन पाउनु ठूलो अवसर भएको बताए । उनले आज सो फेयरमा ६ सय भन्दा बढि विद्यार्थीहरुले अवलोकन गरेको जानकारी दिए ।
सो फेयरमा छात्रवृत्ति, स्पट एप्लिेशन, पोष्ट स्टडी वर्कलगायत बारे जानकारी गराइएको थियो ।

फेयरमा एसियु, युनिसा, युनिभर्सिटि अफ ओलोङगोङ, सिक्वी युनिभर्सिटि, कर्टिन युनिभर्सिटि, युटिएस इनसर्च, वेस्र्टन सिड्नी युनिभर्सिटि, सिएसयु, युनिभर्सिटि अफ न्यू इङल्याण्ड, नभिटास ग्रुप, कप्लान बिसनेस स्कूल, टोरेन्स युनिभर्सिटि, ल ट्रोव युनिभर्सिटिलगायतको सहभागिता रहेको थियो ।


फेयरमा सहभागि हुन निःशुल्क व्यवस्था गरिएको थियो । ग्लोबल रिचले चितवनका विद्यार्थीहरुका लागि पटक–पटक यस्तो प्रकारको एजुकेशन फेयर गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका