Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री र लण्डनका मेयरबीच भेटवार्ता – Gaule Khabar

प्रधानमन्त्री र लण्डनका मेयरबीच भेटवार्ता

प्रधानमन्त्री र लण्डनका मेयरबीच भेटवार्ता

काठमान्डौं, माघ ११-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा.एन्डयू पार्मलीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा नेपालको संविधान कार्यान्वयन र पुर्ननिर्माणमा प्रधानमन्त्रीको पहलप्रति लर्ड मेयर पार्मलीले जिज्ञासा राखेका थिए ।साथै बेलायती सहयोगबारे समेत छलफल भएको थियो । जलविद्युत क्षेत्रमा लगानीको संभावनाका विषयमा समेत छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आˆनो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुर्ननिर्माणमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति आभार व्यक्त गरे ।उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागेको जनाउँदै जलविद्युतसहित ठूला परियोजनामा लगानीका लागि आग्रह गरे ।

यसैगरी प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच पनि भेटवार्ता भएको छ ।मंगलवार विहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सरहाना गरे ।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका