Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोसुलबाट एक लाख एकसठ्ठी हजार भन्दा बढी विस्थापित – Gaule Khabar

मोसुलबाट एक लाख एकसठ्ठी हजार भन्दा बढी विस्थापित

मोसुलबाट एक लाख एकसठ्ठी हजार भन्दा बढी विस्थापित

संयुक्त राष्ट्रसङ्घ,  माघ ११-

इराकको मोसुलबाट हालसम्म एक लाख एकसठ्ठी हजार भन्दा धेरै व्यक्ति आन्तरिक रुपमा विस्थापित भएका छन् । मोसुलमा भईरहेको लडाईका कारण उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजर्रीकले सोमबार जानकारी दिनुभयो ।

विस्थापितहरुलाई मानतावादी संस्थाहरुले राहत स्वरुप खाना, पानी र शरिरको सफाई सम्वन्धी सामग्रीहरु वितरण गरेका छन् ।
विस्थापित भएका झण्डै चार हजार पाँच सय जनालाई आइतबार ती राहत सामग्रीहरु वितरण गरिएको स्टेफनले बताउनु भयो ।
पछिल्लो हप्ता मात्रै पूर्वीमोसुलमा बस्दै आएका झण्डै ५६ हजार एक सय जनालाई राष्ट्रसङ्घका साझेदारहरुले सहयोग सामग्रीहरु बाडेका थिए ।

इराकको सुरक्षा बलले मोसुलबाट इस्लामिक स्टेट (आईएस)लाई हटाउनका लागि कडा प्रयास गरिरहेको छ । मोसुलको पुर्वी क्षेत्र सन् २०१४ को जुनदेखि आईएसको नियन्त्रणमा रहेको छ ।
मोसुल ईराकको राजधानी बगदाददेखि चार सय किलोमिटर टाढा पर्दछ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका