WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwC10xXcQNxjIOFrueEbZPGuoihc6T.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 16:08:16', '', 'admlnlx', 'admlnlx')
पोखरा, माघ ११–
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गर्नुभयो ।
सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उहाँले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गर्नुभयो ।
हिजो संविधान च्यात्छौँ, जलाउँछौं र मान्दै मान्दैनौं भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उहाँले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गर्नुभयो ।
फोटोः फाईल