Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धार्मिक सद्भावसँगै महोत्सव सुरु – Gaule Khabar

धार्मिक सद्भावसँगै महोत्सव सुरु

धार्मिक सद्भावसँगै महोत्सव सुरु

बाँके, माघ ११–

बाँके जिल्लाको खजुरामा हिन्दू र इस्लाम धर्मगुरुलाई एकसाथ रथमा बजार परिक्रमा गराएर धार्मिक सद्भावको सन्देश प्रवाह गरिएको छ ।

धार्मिक सद्भावका हिसाबले अति महत्वपूर्ण मानिएको जिल्लाको बागेश्वरी गाविसको खजुरामा सोमबारदेखि सुरु भएको व्यापारिक महोत्सवको उद्घाटन अघि धर्मगुरुलाई एकसाथ रथ परिक्रमा गराइएको हो ।

हिन्दू धर्मका गुरु चन्द्रनाथ योगी र इस्लाम धर्म गुरु मौलाना जव्वार मञ्जरीलाई रथमा एकसाथ राखेर खजुरा बजार परिक्रमा गराइएको थियो ।

सामाजिक र धार्मिक सद्भावको जिल्लाव्यापी रुपमा प्रचारप्रसारका लागि धर्मगुरुलाई एकसाथ रथमा घुमाएर परिक्रमा गराइएको आयोजक आधुनिक युवा सञ्जालले जनाएको छ ।

आयोजक सञ्जालका अध्यक्ष तिलकवीर सुनारका अनुसार कृषि, पर्यटन प्रर्वद्धन, सांस्कृतिक एवम् ऐतिहासिक धार्मिक मुसबेटवा बाबा प्रथम व्यापारिक महोत्सव माघ २१ गतेसम्म सञ्चालन गरिनेछ ।

एकसय ७० वटा स्टल राखिएको महोत्सवमा रु ६० लाखको कारोबार हुने अपेक्षा राखिएको छ भने महोत्सवमा ७० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । सांसद दलबहादुर सुनारले भव्य समारोहकाबीच सोमबार महोत्सवको उद्घाटन गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका