Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिर्जना स्कूलमा खेलकुद कार्यक्रम सुरु – Gaule Khabar

सिर्जना स्कूलमा खेलकुद कार्यक्रम सुरु

सिर्जना स्कूलमा खेलकुद कार्यक्रम सुरु

चितवन, माघ १०–

भरतपुर उपमहानगरपालिका वडा नम्बर ९ मा शरदपुरमा रहेको सिर्जना स्कूलको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयले आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रम २०७३ को उद्घाटन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै थापाले पछिल्लो समय नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएकोमा खुसी व्यक्त गरे । पछिल्लो समय आएर प्रहरी र नागरिक हातेमालो गर्दै समाज सुधारमा लागेको उल्लेख गर्दै प्रहरी उपरीक्षक थापाले प्रहरी मेरो साथी प्रभावकारी भएको बताए । विद्यार्थीहरुलाई चौतर्फी अगाडि बढाउनको लागि खेलकुदले विशेष भूमिका खेल्ने थापाको भनाइ थियो ।
खेलकुदले विद्यार्थीलाई अनुशासन सिकाउने, नैतिकवान बनाउने भएकोले हरेक विद्यार्थीलाई खेलकुदको क्षेत्रमा अगाडि बढाउनु जरुरी रहेको थापाले बताए । उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक नारायण गौतमले विद्यार्थीहरुको चौतर्फी विकासका लागि पढाईसँगै खेलकुद पनि आवश्यक पर्ने भएकाले विद्यालयले वार्षिक रुपमा नै खेलुकद गर्दै आएको बताए । देशको असल नागरिक बन्नको लागि खेलकुदले सघाउन पुर्याउने र खेलकुदको मध्यमबाट समाजमा समेत राम्रो जनशक्ति उत्पादन हुने गौतमको भनाइ थियो ।
माघ १२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीको उमेर अनुसार खेलकुदका कार्यक्रम सञ्चालन गरिने विद्यालयका सहायक प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताए । केजीदेखि नौ कक्षासम्मका विद्यार्थीहरु खेलकुदमा सहभागी भएका भएपनि कक्षा १० को प्रवेशिका नजिकीएको कारण उनीहरु सहभागी नभएका न्यौपानेले जानकारी दिए । दौड, क्रिकेट, भलिबललगायत विभिन्न १५ वटा विधामा विद्यार्थीलाई प्रतिस्पर्धा गराइने न्यौपानेको भनाइ थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष मुकुन्द आचार्यको अध्यक्षतामा भएको प्रतियोगितामा खेलकुद पत्रकार मञ्च चितवनका महासचिव दिपेन्द्र अधिकारी, विद्यालयका शिक्षक, शिक्षिकालगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका