काठमाडौं, पुस १०–
भारतको केरालामा अवस्थित एक हजार ३ सय बेड भएको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झातौ अन्तर्गत, भारतीय अस्पतालले एनगोज सदस्यता भएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुका लागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्नेछ ।
यसको अर्को महत्वपू्र्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो । नेपालका गैर सरकारी अस्पतालहरुमा सूचना प्रविधिको दक्ष प्रयोगका लागि हेल्थ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एचएमआईएस) शुरु गर्नु हो । यसका साथै मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरु तथा कार्यपत्रहरु प्रस्तुत हुनेछ । साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थिहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुनेछ ।
सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा एनगोसका कार्यकारी सदस्यहरु चर्चित मृगौला विशेषज्ञ डा. ऋषिकुमार काफ्ले तथा श्याम धौबडेल पनि उपस्थित थिए ।
कार्यक्रममा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयरले भन्नुभयो,–‘यो सहकार्यले स्टेट अफ आर्ट सेवा प्रदान गर्न अनुमति प्रदान गर्नेछ, तर एनगोजका सदस्य स्वास्थ्य संस्थाहरुमा नेपालीबाट आउने बिरामीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्नेछ ।” टेलिमेडिसिनको माध्यमबाट भारतमा मेडिकल विशेषज्ञहरुको विशेष सेवा उनिहरुका लागि आवश्यक समयमा उपलब्ध हुनेछ ।
एनगोसका अध्यक्ष डा. भरत प्रधानले भन्नुभयो,–‘नेपालले पछिल्लो डेढ दशकमा स्वास्थ्य सेवाहरुको क्षेत्रमा निकै प्रगति गरेको छ, अझ यो भन्दा धैरै आवश्यक छ । हाम्रा अस्पतालहरु गैर नाफा मूलक संस्थाहरु हुन, सुविधाबाट बंचित तथा पिछडिएका समुदायहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रित छन् ।’
यो सहमतीपत्रको महत्वपूर्ण भागमा मेडिकल विद्यार्थिहरु डाक्टरहरु, नर्सहरु, वैज्ञानिकहरु र अन्य स्वास्थ्य व्यवसायीहरुको आदान प्रदान कार्यक्रम हो । डा. प्रेम नैयरले भन्नुभयो, ‘नेपालका डाक्टरहरु तथा अन्य स्वास्थ्य व्यवसायीहरुको लागि छोटो अवधि काकार्यक्रमहरु तथा तत्काल आवश्यक पर्ने प्रशिक्षणहरु प्रदान गर्ने हाम्रो अभिप्राय रहेको छ । यो प्रशिक्षणको क्षेत्रहरुमा विशेष गरि टाउको र घाँटी, उच्च तहका क्यान्सरहरु, थाईराइड, मुटु रोगहरु र आर्थोस्कोपी सर्जरी समावेश छन, यसका साथै रेडियोलोजी र प्याथोलोजी । हामीले नेपालबाट आउने डाक्टरहरुका ल्याप्रोस्कोपी र एडभान्स सर्जरी स्कील्स विषयमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छौं ।’