Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने, ‘३ देखि ४ महिनाको समय दिनुस्’ – Gaule Khabar

प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने, ‘३ देखि ४ महिनाको समय दिनुस्’

प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने, ‘३ देखि ४ महिनाको समय दिनुस्’

काठमाडौँ, माघ १०-

निर्वाचन आयोगले राजनीतिक निर्णय भएको सयदेखि एक सय २० दिनभित्रमा चुनाव गराउन आयोग सक्षम रहेको जानकारी गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक निर्णय भएको ४ महिनाभित्र चुनाव गराउन सकिने बताएका हुन्।

दलहरुबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने मौखिक सहमति भएको अवस्थामा निर्वाचनका प्राविधिक विषयबारे परामर्श गर्न प्रधानमन्त्रीले प्रमुख आयुक्त यादलाई बालुवाटार बोलाएका थिए। त्यसक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनसम्बन्धी कानुन तयार भएको र राजनीतिक निर्णय भएको सयदेखि एक सय २० दिनभित्र चुनाव चुनाव गर्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराएको प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले थाहा खबरलाई जानकारी दिए। अरु तयारी अघि बढिरहेको जानकारी गराउँदै यादवले आफूहरु निर्वाचनसम्बन्धी कानुनको प्रतिक्षामा रहेको बताएका थिए।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दलहरुबीच मौखिक सहमित भइसकेको भन्दै १५ गतेभित्र चुनाव घोषणा गर्ने तयारीमा आफू रहेको जानकारी गराए। मधेसीसहितका अन्य दलहरुसँग पनि छलफल गरेर चुनावको मिति घोषणा गरिने भन्दै उनले तयारी अवस्थामा रहन यादवलाई निर्देशन दिएको आचार्यले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका