Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा चितवनको निर्वाचन तयारी – Gaule Khabar

राप्रपा चितवनको निर्वाचन तयारी

राप्रपा चितवनको निर्वाचन तयारी

चितवन, माघ ९-

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिती चितवनले स्थानीय स्तरको निर्बाचनलाई तिब्रता दिएको छ ।पार्टीले माघ ७ गते देखी २५ गते सम्म पार्टीको सम्पुर्ण निकाएको गर्ने जनाएको छ ।पार्टीको जिल्ला निर्बाचन समितीले आज भरतपुरमा पत्रकार सम्मेलनगरी पार्टीको निर्बाचनबारे जानकारी गराएको छ । निर्बाचन समिती संयोजक जितेन्द्र बहादुर भण्डारीले पार्टीको केन्द्रिय निर्देशन अनुसार माघ ७ गते देखी १५ गतेसम्म गाउ,नगर तहको निर्बाचन गर्ने,माघ २१ गते देशभर क्षेत्रीय तहको निर्बाचन गर्ने र माघ २५ गते देशभर जिल्लाको अधिबेशन गर्ने निर्बाचन संयोजक भण्डारीले जानकारी दिए ।राप्रपा र राप्रपा नेपालको एकिकरण पश्चात अहिले देशभर पार्टीका सम्पुर्ण निकाय र भातृसंगठनहरुको अबिधेशन भईरहेका छन् ।पार्टीले चितवनमा राप्ति नगरपालिका,खैरहनी नगरपालिका र आईतबार रत्ननगरपालिकाको निर्बाचन समपन्न गरेको निर्बाचन संयोजक भण्डारीले जानकारी दिए ।
पार्टीका बिधान अनुसार सबैतहका कार्यसमितीमा महिला,आदीबासी,जनजाती,दलित,मुस्लिम,पिछडा तथा अल्पसंख्यकको ३३ प्रतिशत सहभागिता शुनिश्चत गरिने जनाईएको छ ।आगामी २५ गते भरतपुरमा पार्टीको जिल्ला सम्मेलनहुने जनाइएको छ ।चितवनमा पार्टीको २५ हजार साधरण सदस्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका