Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टासँग आग्रह – Gaule Khabar

संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टासँग आग्रह

संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टासँग आग्रह

काठमाडौँ,माघ ९ –

मनोहरा साहित्य समाजको नियमित कार्यक्रम अन्तर्गत सोह्रौँ शृङ्खलामा दश कविले दुई दुई कविता वाचन गर्नुभएको छ ।

राम विनय र विशिष्ट अतिथि प्राज्ञ बूँद राना तथा टिप्पणीकर्ताका रुपमा अतिथि हरि गौतम तथा कवि तथा गीतकार जसध्वज गुरुङले सभापतित्व गर्नु भएको थियो ।
कार्यक्रममा रामबहादुर पहाडी, जय छाङ्छा, नारायण तिवारी, छविरमण सिलवाल, गोविन्द नेपाल, अनिल पौडेल, श्यामबहादुर भावुक, भुवनराज सिवाकोटी, रत्ननिधि रेग्मी शुक्राचार्य र डिल्लीराज अर्यालले कविता वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि टिप्पणी गर्दै हरि गौतमले कविताका विशेषता, सरलता, त्यसले पार्ने प्रभाव बारेमा उल्लेख गर्नुभयो । त्यस्तै बुँद रानाले भैरहवा लगायत तराईका फाँटहरुलाई अहिले अमनचैनको अवस्था नभएकाले संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टालाई आग्रह गर्नुभयो ।
साहित्यकार राम विनयले मनोहरा साहित्य समाजको कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गर्नुभयो । साहित्यकार जसध्वज गुरुङ, मुखाले रेग्मी र शीतल गिरीले स्रष्टाहरुको सदैव सहभागिताको अपेक्षा गर्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका