Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नयाँ शक्ति पार्टीको हस्ताक्षर अभियान शुरु – Gaule Khabar

नयाँ शक्ति पार्टीको हस्ताक्षर अभियान शुरु

नयाँ शक्ति पार्टीको हस्ताक्षर अभियान शुरु

चितवन, माघ ९–

नयाँ शक्ति पार्टी राप्ती नगरपालिकाको आयोजनामा घर(घरमा नयाँ शक्ति अभियान अन्तगर्त प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली र संसदीय समानुपातिक ब्यवस्थाको माग गर्दै आजबाट हस्ताक्षर अभियान शुरु गरेको छ।

सरकारलाई बिशेष दबाब दिन अब घर घरमा, टोल टोलमा हस्ताक्षर संकलन गरि सरकार समक्ष बुझाउने निर्णय गरिएको हो । जनताले प्रत्यक्ष कार्यकारीको लागि मत राख्ने अवसर नपाईन्जेल देशमा भ्रष्टाचार, अनियमितता , अपारदर्शीता रहिरहने नयाँ शक्ति पार्टी चितवनका संयोजक सोनाम सिङ स्याङ्ताङले बताए । त्यस्तै गरि भरतपुर १० नं वार्ड भेलामा पनि आजकै मितिबाट हस्ताक्षर कार्यक्रमको सुरुवात भएको छ।

नयाँ शक्ति पार्टी नेपालले देशैभरिबाट १० लाख हस्ताक्षर संकलन गरि सरकारलाई ध्यानाकर्षण गराउने उदेश्य राखेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका