काठमाडौँ, माघ ९ –
चलचित्र ‘पर्व’को सुटिङ सेटबाट फर्कदै गर्दा शनिबार राती नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा नम्रता र चलचित्रका सह-निर्देशक सुरेश न्यौपाने चढेको टीभी फिल्मको भ्यान दुर्घटनामा परेको हो ।
बा।१। झ १७७५ नम्बरको ट्याक्सीले भ्यानलाई ठक्कर दिएको यसका निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।दिनेशका अनुसार नम्रताको हातमा चोट लागेको छ । सुरेशको भने खुट्टामा चोट लागेको छ । नम्रता घाइते भएपछि आजको छायांकन स्थगित भएको निर्देशक राउतले जानकारी दिएका छन् ।
चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेर चलचित्रको धमाधम छायांकन भैरहेको छ । रिलिजको दिन नजिकिदै जाँदा काम भ्याउनु पर्ने चटारो त यसको निर्माणपक्षलाई छ । भ्यान दुर्घटनामा परेका सह(निर्देशक सुरेशले भने(‘हामी चढेको भ्यान शंकमुलबाट पुरानो बाँनेश्वरतर्फ जाँदै थियो ।
बबरमहलतिरबाट आएको ट्याक्सीले नयाँ बानेश्वर चोकमै ठक्कर दियो । हाम्रो गाडी त घुमेर बबरलमहलतिर फर्केको थियो । दुर्घटना ठूलो भएपनि भाग्यले ठूलो चोट लागेन ।’
सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भैरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।