Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निजामति कर्मचारी अनुशासित भएर काम गर्नुसः प्रजिअ भट्ट – Gaule Khabar

निजामति कर्मचारी अनुशासित भएर काम गर्नुसः प्रजिअ भट्ट

निजामति कर्मचारी अनुशासित भएर काम गर्नुसः प्रजिअ भट्ट

गैडाकोट,माघ ८-

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद  भट्टले एमाले सम्वद्ध निजामति कर्मचारी संगठनका सदस्यहरुलाई अरु संगठनका सदस्य भन्दा फरक ढंगले अनुशासित भएर कार्यसम्पादनमा जुट्न आग्रह गरेका छन् । नेपाल निजामति कर्मचारी संगठन चितवनले नवलपरासीको गैडाकोटमा संगठन सदस्य भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बिषेश अतिथिका रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी भटटले, हानीवानी, लवाईखवाई, बोलीचाली र व्यहारमा अन्य कर्मचारी भन्दा फरक ढंगले प्रस्तुत भएमा निजामति कर्मचारी संगठनको पहिचान नै त्यसैले दिने वताए । उनले नेपाल निजामति कर्मचारी संगठन नेपालकै सवैभन्दा ठुलो कर्मचारी संगठन पनि भएको हिसावले बढि जिम्मेवार हुनु सुझाव दिए ।

निजामति कर्मचारी संठनले वृत्ति र बिकासका लागी गरेका आन्दोलन र उपलब्धीहरु आफुहरुले समेत चाख्न पाएको प्रजिअ  भट्टको भनाई थियो । संगठनका जिल्ला अध्यक्ष फणिन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष बैकुण्ठबहादुर गुरागाई रहेका थिए । कार्यक्रममा चितवनका स्थानियविकास अधिकारी श्रवणकुमार पोखरेल, चितवनका प्रहरी प्रमुख एसपी दिपक थापा, संगठनका केन्द्रिय सदस्य गोपालप्रसाद गौत्तम, एमालेका पार्टी संगठन इन्र्चाज एकनारायण शर्मा, संगठनका पुर्व केन्द्रिय बिष्णुप्रसाद धिताल, सरकारी वकिल कार्यालयका प्रमुख मणिराम न्यौपाने, आन्तरीक राजश्व कार्यालय चितवनका प्रमुख थानप्रसाद पंगेनी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय झा लगायतको उपस्थिती रहेको थियो ।

संगठनका सचिव रधु सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई संगठनका उपाध्यक्ष रधुनाथ पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा १५० भन्दा वढि संगठन सम्वद्ध निजामति कर्मचारीहरु सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका