Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेता महासेठले भने–सुन तस्करीमा गृह र अर्थमन्त्रालयको हात – Gaule Khabar

नेता महासेठले भने–सुन तस्करीमा गृह र अर्थमन्त्रालयको हात

नेता महासेठले भने–सुन तस्करीमा गृह र अर्थमन्त्रालयको हात

काठमाडौं, माघ ८ –

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पछिल्लो समय सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । उनले भने,‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह र अर्थमन्त्रालयको संलग्नता रहेको छ, अरुबाठ यो काम हुनै सक्दैन् ।’

नेता महासेठले सुन तस्करीबारे छानविन गर्नको लागि सरकारले स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने समेत माँग गरे । ‘प्रचण्डजीले आफ्नो क्रान्तिकारी छवि बचाउनको लागि पनि सुनकाण्डबारे छानविन गर्न सर्वोच्च अदालतका रिटार्यड न्यायधीश वा स्वतन्त्र मानवअधिकारकर्मीको नेतृत्वमा आयोग गठन गर्नुपर्छ’ उनले भने–‘अहिले गृहमन्त्रालयमार्फत भैरहेको छानविन नाटकमात्रै हो, यसले केही काम गर्न सक्दैन् ।’

त्यस्तै, उनले संविधान संशोधन विधेयक कुनै हालतमा पनि पारित नहुने ठोकुवा गरे । स्वतन्त्र सांसदहरुसहित काँग्रेस, माओवादी केन्द्र, गच्छदार र कमल थापाको पार्टी जम्मा हुँदापनि प्रस्ताव पास हुन सम्भव नुहने बताए । यद्यपी उनले कमल थापा नेतृत्वको राप्रपा भित्रपनि राष्ट्र र राष्ट्रियताको पक्षमा ठूलो विवाद रहेको समेत स्पष्ट पारे ।

उनले संविधान संशोधन विधेयकको पक्षमा ३ सय ९८ पुग्ने संभावना नभएको जिकिर समेत गरे । ‘अब जसरीपनि पुर्याउनको लागि त कि एमाले पार्टीलाई विभाजन गर्नुपर्यो, यो त संभावना नै छैन’ उनले भने– ‘सिपी मैनालीजी, चित्रबहादुरजी र नारायणमान विजुक्छेजीलाई उता लानुपर्यो, त्यो पनि संभव छैन ।’ उनले वर्तमान सरकारले नै संशोधन प्रस्ताव पारित हुने संभावना नभएको स्विकार गरिरसकेको समेत आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका