Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ नम्वर क्षेत्रमा जानकी माविको वर्चश्व – Gaule Khabar

५ नम्वर क्षेत्रमा जानकी माविको वर्चश्व

५ नम्वर क्षेत्रमा जानकी माविको वर्चश्व

चितवन,माघ ८
राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत क्षेत्र नम्वर ५ को प्रतियोगिताको एथलेटिक्समा जानकी माध्यमिक विद्यालयले वर्चश्व जमाएको छ । जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा शनिवारदेखी जानकी माविमा सुरु भएको क्षेत्रिय प्रतियोगितामा सोही विद्यालयले एथलेटिक्सका प्राय सवै खेलमा अग्र स्थान वनाएको छ ।

छात्र १५०० सय मिटर दौडमा जानकी माविका पिताम्वर महतो प्रथम भए भने जनज्योती पद्य्मनारायण धनकुमारी माविका धनप्रसाद सापकोटा द्धितिय,व्लु वर्ड वोडिङका रोसन कुँवरले तृतिय स्थान हासिल गरे । छात्रा १५ सय मिटर दौडमा पनि जानकी माविकी भावना महतो प्रथम हुँदा जानकी माविकै दिलकुमारी महतो द्धितिय तथा साझापुर माविकी सुस्मिता भट्टराई तृतिय भएका प्रतियोगिताकी संयोजक गंगा खड्काले जानकारी दिईन् । यस्तै छात्र रिले दौडमा पनि जानकी मावि प्रथम हुन सफल भयो ।

माडी मावि द्धितिय र साझापुर मावि तृतिय भए । छात्रा रिले दौडमा पनि जानकी माविनै प्रथम भयो भने साझापुर मावि द्धितिय तथा प्याराडाईज एकाडेमी तृतिय भएको प्रतियोगिताकी संयोजक खड्काले जानकारी दिईन् । छात्र १०० मिटर दौडमा लक्ष्मी माविका मनिष गुरुङ ,अलमाईटी एकाडेमीका महेश महतो र जानकी माविका अनिल कुमाल क्रमस प्रथम,द्धितिय र तृतिय भए । छात्रा एक सय मिटर दौडमा सरस्वती माविकी सन्जुकुमारी कुमाल प्रथम,प्याराडाईज एकाडेमीकी सजिना लामिछाने द्धितिय र जनकल्याण माविकी धनकुमारी अधिकारी तृतिय भईन् । शनिवारनै सटफुट र लङजम्पको फाईनल खेल पनि भएको छ भने भलिवल र कवड्डीको पहिलो चरणको खेल भएका छन् ।

आईतवार भलिवल र कवड्डीको फाईनल खेल हुने जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले जानकारी दिए । क्षेत्र नम्वर पाँचको प्रतियोगिताको एक कार्यक्रम राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेलले उद्घाटन गरेका थिए । प्रतियोगिताकी संयोजक गंगा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जानकी माविका प्रधानाध्यापक दुर्गा सापकोटा,जिल्ला खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्य,सचिव रामजी ढकाल लगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा क्षेत्र नम्वर पाँचका १९ वटा विद्यालय सहभागी छन् । आचार्यका अनुसार आईतवारनै क्षेत्र नम्वर चारको प्रतियोगिता पनि सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका